
मेचीनगर, ६ असार । भारत सिलीगुडीका एक व्यक्ति पेस्ताेलसहित काँकरभिट्टाबाट पक्राउ परेका छन् ।
शुक्रबार मेचीनगर-६ स्थित काँकरभिट्टा बसपार्कमा सिलीगुडीका ३५ वर्षीय जयप्रकाश पाठककाे भारतीय गाडी चेक गर्ने क्रममा कालाे रंगकाे म्याग्जिन र एयर पेस्ताेल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
त्यस्तै, पाठकबाट दुई थान दावसहितकाे खुकुरी समेत बरामद गरिएको छ ।
भारतीय नम्बरको डब्लुवि ७० जि ३२३२ काे कार, म्याग्जिन, पेस्ताेल र पाठकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे प्रहरीले बताएको छ ।




Discussion about this post