झापा, ११ असार । नारी सञ्चार गृह झापाको अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत चयन भएकी छन् ।
बिर्तामोडमा बुधबार सम्पन्न पाँचौ अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष पदमा जोत्सना श्रेष्ठ, सचिवमा दीपा सापकोटा, सहसचिवमा टीका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा विनिषा शर्मा, किरण हुमागाईं, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्द्रा भट्टराई, रमा दाहाल, सिर्जना परियार र रञ्जीता खड्का रहेका छन् ।
झापाका महिला पत्रकाररूको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा अहिलेसम्म ५१ लाख ५१ हजार रुपैयाँ जुटेको छ ।
२०७५ सालमा स्थापना गरिएको अक्षयकोषको सुरुवात पूर्व अध्यक्ष अम्बिका भण्डारीको कार्यकालमा गरिएको थियो ।
अक्षयकोषको व्याजबाट महिला पत्रकारहरुको स्वास्थ्य उपचार, लेखनवृत्ति र प्रोत्साहनसहितको सम्मानका लागि स्थापना गरिएको संस्थापक अध्यक्ष सावित्रा दाहालले जानकारी दिइन् ।




Discussion about this post