२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरको नीति तथा कार्यक्रममा ‘किसान क्रेडिट कार्ड’

असार १०, २०८२, २:३३ .मङ्लबार
0
0
0
SHARES
207
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० असार । किसानहरुको पीडालाई ध्यानमा राखेर मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा ‘किसान क्रेडिट कार्ड’ लागू गर्ने योजना अघि सारेको छ ।

मंगलबार मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको सातौँ अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमसहितको प्रस्तुत गरेको प्रस्तावित बजेटमा ‘किसान क्रेडिट कार्ड’ को व्यवस्था गरिएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरमा दिनरात दुःख गरिरहेका किसानहरुले के उत्पादन गर्ने, कसरी उत्पादन गर्ने र उत्पादन गर्न चाहिने आवश्यक सामान कहाँबाट कसरी ल्याउने समस्या रहेको बताए ।

किसानहरुको समस्यालाई थोरै भएपनि मलमपट्टि लगाउनका लागि पनि ‘किसान क्रेडिट कार्ड’ लागू गर्ने योजना अघि सारिएको उनले जानकारी दिए ।

‘किसानहरुलाई मल, विउँ खरिद गरेर ल्याउन समस्या हुन्छ’, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले भने–‘मल, विउँ ल्याउन, बैंकबाट ऋण खान सहज छैन । बैंक र किसानको सेतुको काम नगरपालिकाले गरिदिन्छ । त्यसका लागि किसानलाई सहज होस् भनेर ‘किसान क्रेडिट कार्ड’ को व्यवस्था गर्नेछौँ ।’

अधिवेशनको प्रथम बैठकमा उपप्रमुख एवम् बजेट तर्जुमा समिति संयोजक समेत रहेकी उप्रेतीले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको प्रस्तावित बजेट प्रस्तुत गरेकी छन् ।

चालु खर्चतर्फ ७३ करोड ९६ लाख ९४ हजार, पुँजीगततर्फ १ अर्ब ३१ करोड ७ लाख ८ हजार वित्तीय व्यवस्थापनतर्फ २५ लाख गरी कुल २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

नगरस्तरीय चालु खर्चतर्फ संघीय सरकारको शसर्त अनुदानतर्फ ४८ करोड ५० लाख, शसर्त पुँजीगत अनुदानतर्फ ३५ करोड २२ लाख, विशेष अनुदानतर्फ १ करोड ३० लाख, समपूरक अनुदान प्राप्त हुने १ करोड ४५ लाख, कोशी प्रदेश सरकारको शसर्त चालु अनुदानतर्फ ९८ लाख ८२ हजार, शसर्त पुँजीगत अनुदानबाट प्राप्त हुने ७४ लाख रुपैयाँ स्वीकृत शिर्षक अनुसारै खर्च गर्ने गरी पेश गरिएको छ ।

यसरी विनियोजन गर्दा कुल बजेट मध्ये चालु खर्चतर्फ ७६ करोड १९ लाख ८२ हजार अर्थात ४५.२७ प्रतिशत, पुँजीगत खर्च तर्फ ९१ करोड ८७ लाख ५२ हजार ५४० रुपैयाँ अर्थात ५४.५८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ लाख अर्थात ०.१५ प्रतिशत खर्च प्रस्ताव गरिएको छ ।

यता आयतर्फ आन्तरिक आम्दानी १८ करोड, संघीय सरकारको वित्तीय समानीकरणतर्फ २४ करोड ३१ लाख, सशर्त चालु अनुदानतर्फ ४८ करोड ५० लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ ३५ करोड २२ लाख रुपैयाँ, विशेष अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ र राजश्व बाँडफाँटतर्फ १८ करोड ८ लाख रुपैयाँ रहेको बजेटमा उल्लेख छ ।

यसैगरी, आयतर्फ कोशी प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ २ करोड ३७ लाख ५४ हजार रुपैयाँ, सशर्त चालु अनुदानतर्फ ९८ लाख ८२ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ र राजश्व बाँडफाँट प्राप्त हुने १ करोड ७० लाख रुपैयाँ, समपूरक अनुदान प्राप्त हुने ७४ लाख रुपैयाँ, मालपोत घर रजिस्ट्रेसनबाट ११ करोड ३४ लाख ९८ हजार ५४० रुपैयाँ, दहत्तर बहत्तरबाट प्राप्त हुने २ करोड ७२ लाख र मौज्दात रकम १३ करोड ७४ लाख ५१ हजार ८१९ रुपैयाँ ३७ पैसा गरी आम्दानी तर्फ कुल बजेट १ अर्व ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३५ पैसा प्रस्ताव गरिएको छ ।

नगरप्रमुख बुढाथोकीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि, पर्यटनको विकास र खेलकुद क्षेत्रलाई प्रोत्साहन दिनेगरी आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।

कृषि विकासतर्फ रैथाने बालीहरु जस्तो कोदो, फापर लगायतको प्रर्वद्धन गर्न कृषकहरुलाई उत्प्रेरणा कार्यक्रम सञ्चालन र अनुदान, तरकारी बाली न्यूनतम समर्थन मुल्य कायम गर्ने, संकलन केन्द्र, बिक्री कक्षको व्यवस्थापन गर्ने, बाली संरक्षण, बाली उपचार शिविर सञ्चालन, प्रांगारिक मल उत्पादन तथा वितरण कार्यक्रमका लागि गड्यौले मल सेड निर्माण गर्ने, मिनी कोल्ड चेम्बरहरु निर्माण गर्ने, सहजन खेती प्रोत्साहन कार्यक्र सञ्चालन गरिने छ ।

पर्यटनतर्फ नकलबन्दा चिया वगानले ओगटेको नगरले आफ्नो नियन्त्रणमा लिएको जग्गामा पर्यटन विकासका लागि जग्गा भोगाधिकार लिई पर्यटकीय विकासका लागि १ करोड बजेट छुट्टाएको छ ।

त्यस्तै खेलकुद क्षेत्रको विकासका लागि दोस्रो स्पोटर्स मेनिया सञ्चालन गर्ने र मेचीनगर खेल मैदान निर्माणका लागि १ करोड बजेट व्यवस्थापन गरिएको छ ।

यसैगरी फोहोरमैला संकलन, व्यवस्थापनका लागि ठेक्कामा जाने र सेड घर निर्माणका लागि ७५ लाख छुट्टाएको छ । जस्मा प्रत्येक वडामा रिसाईकलिङ इकाइ स्थापना गरी सामुदायिक फोहोर वर्गीकरण तालिम र सचेतना कार्यक्रम गरिने, भारतबाट नेपाल प्रवेश गर्ने हात्तीलाई सीमामा नै रोक्ने गरीतारबार मर्मत गर्ने नेतृत्व नगरपालिकाले लिने र त्यसको व्यवस्थापनका लागि कोशी प्रदेश सरकार र एनटीएनसीको सहयोग मागिने छ ।

यस्तै भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीको कामलाई तिव्र ढंगबाट अगाडि बढाएर लाने योजनाहरु रहेका छन् ।

अधिवेशनमा विषयगत समितिका संयोजकहरुले प्रतिवेदनहरु पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्नेहरुमा सुशासन तथा क्षमता विकास समिति संयोजक माया प्याकुरेल, सामाजिक विकास समिति संयोजक ह्दय राजबंशी, वन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजकका तर्फबाट सदस्य विशाल कार्की, पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल र विधेयक समिति संयोजकका तर्फबाट सदस्य कुन्दन निरौला, आर्थिक विकास समिति संयोजक तिलजा देवान र लेखा सािति संयाेजक कविता मिजार रहेका थिए ।

आज नीति तथा कार्यक्रमसहितको प्रस्तावित बजेट प्रस्तुत र विषयगत प्रतिवेदन पेश भएको छ भने त्यसको छलफलसहितको स्वीकृति यही असार १२ गते हुने छ ।

 

पछिल्लो समाचार

साझेदारी कार्यक्रमको माग गर्दै वन महासंघले बुझायो ज्ञापनपत्र

अघिल्लो समाचार

नारी सञ्चार गृहको अध्यक्षमा स्वस्तिका

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.