मेचीनगर, ११ असार । काँकरभिट्टामा सपिङ सेन्टर र सामाजिक घर बन्ने भएको छ ।
मेचीनगर नगरपालिकाले मंगलबार आगामी आर्थिक वर्ष २०८२÷८३ को प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहितको प्रस्तावित बजेटमा काँकरभिट्टामा सपिङ सेन्टर र सामाजिक घर निर्माण गरिने उल्लेख छ ।
मेचीनगर–६ स्थित काँकरभिट्टा बस टर्मिनल पूर्व दक्षिण क्षेत्रमा सपिङ सेन्टर निर्माण हुने भएको छ ।
त्यस्तै काँकरभिट्टा स्थित भानु टोलमा सामाजिक घर निर्माण हुने भएको छ ।
नगरपालिकाले सपिङ सेन्टर निर्माणका लागि ५० लाख र सामाजिक घर निर्माणका लागि २० लाख रुपैयाँ प्रस्तावित बजेटमा छुट्टाएको छ ।




Discussion about this post