२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

थोप्लेविरानमा प्राङ्गारिक मल र मोरिङ्गा खेती गर्दै कृषक

असार १२, २०८२, ९:१६ .बिहिबार
0
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बिना परीक्षण, बिना सुरक्षा बजारबाट विषादीहरु घरमा भित्राइरहेको बताए ।

विहीबार मेचीनगर–९ स्थित उज्यालो भविष्य जैविक कृषक समूहले ‘वातावरणको रक्षा नै जीवनको सुरक्षा’ भन्ने नाराका साथ वन्यजन्तु उद्यम विकास कार्यक्रम अन्तरगत प्राङ्गारिक मल उत्पादन र सजिउन (मोरिङ्गा) खेतीको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।

परनिर्भर नभएर स्वनिर्भर हुनका लागि वैकल्पिक मलका रुपमा घरैमा कम्पोष्ट मल उत्पादन गरेर प्रयोग गर्न सकिने उनको जोड थियो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कृषकहरुलाई प्राङ्गारिक मल उत्पादन र सजिउन (मोरिङ्गा) खेतीका लागि आवश्यक पर्ने ड्रायल मेसिन, प्रोसेसिङ र बजारीकरण लगायतमा नगरपालिकाले पुलको काम गर्ने बताए । डिभिजन वन कार्यालय झापाको ५ लाख र संस्थाको ६६ हजार लागत सहभागितामा प्राङ्गारिक मल उत्पादन गरिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले झापाका वनलाई वनमारा झारले विगारेको बताए । उक्त वनमारा झारलाई कृषकहरुले संकलन गरेर प्राङ्गारिक मलको रुपमा उत्पादनमा जोडदिनु पर्ने उनले बताए ।

कृषकहरुले वनभित्र रहेका काठका झारपात, वनमारा झार र पतिंगरहरु संकलन गरेर घाँस र गोवर मिसाएर खाल्डामा राखेर प्राङ्गारिक मल उत्पादन गरिरहेको उज्यालो भविष्य जैविक कृषक समूहका अध्यक्ष ईन्द्र पाठकले बताए ।

खाल्डोमा पाँच लियरमा राखेपछि तीन महिनामा मल तयार हुन्छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि कृषकहरु प्राङ्गारिक मल उत्पादनतिर लागेका छन् ।

कृषि बालीमा जथाभावी रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको गुणस्तर बिग्रदै गएको कारण प्राङ्गारिक मल उत्पादनमा लागिएको पाठकको भनाई छ । प्राङ्गारिक खेतीका लागि नगरपालिकाले १७ लाख र संघीय सरकारबाट करिव २० लाख अनुदान दिएको छ ।

यसैगरी थोप्लेविरान सामुदायिक वनको महिला कृषि सहकारी संस्थाले तीन महिनाअघि रुपन्देहीबाट बहुउपयोगीका रुपमा रहेको सजिउनको वेर्ना रोपेर विरुवा उत्पादन गरेका थिए ।

एक हजार ५ सय विरुवा आज एक कार्यक्रमकाबीच संस्थाका सदस्य कृषकहरुलाई वितरण गरिएको छ । थप तीन हजार वेर्ना विरुवाका लागि रापेको बताइएको छ ।

संस्थाका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले मोरिङ्गाको खेती सुरु गरिएको संस्थाकी कार्यक्रम संयोजक जानुका ओलीले बताइन् । वर्षमा चारपटक उत्पादन हुने मोरिङ्गाको हाँगा र पालाई भविष्यमा डस्ट बनाएर बिक्री गर्ने योजना रहेको ओलीको भनाई छ ।

नगरप्रमुख बुढाथोकीको परिकल्पना अनुसार वडा नम्बर ९ मा मोरिङ्गाको खेती सुरु गरिएको छ । त्यसका लागि नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गरेको थियो । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

विहीबारको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठ, नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, कृषि प्राविधिक टेकेन्द्र प्रधान लगायतले प्राङ्गारिक मल र मोरिङ्गा खेतीका विषयमा चर्चा गरेका थिए ।

थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी प्रधानले स्वागत गरेको कार्यक्रमको सञ्चालन संयोजक जानुका ओलीले गरेकी थिइन् ।

पछिल्लो समाचार

नगरप्रमुखद्वारा महिला सीप विकास केन्द्रको भवन उद्घाटन

अघिल्लो समाचार

सहकारीका अध्यक्ष र व्यवस्थापकलाई ‘क्षमता अभिवृद्वि तालिम’

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.