मेचीनगर, १६ असार । मेचीनगरका पत्रकारहरुले पत्रकारितासँगै अन्य व्यवसायमा पनि हात हाल्न थालेका छन् ।
व्यवसायिक पत्रकारिताको दायरालाई फराकिलो पार्दै मेचीनगरका पत्रकारहरुले यातायात क्षेत्रमा पनि लगानी गर्न थालेका हुन् ।
पत्रकार एवम् समाजसेवी सन्तोष आचार्यको समूहले ईभी नेपाल यातायात प्रालि दर्ता गरेर गाडीहरु सञ्चालनमा ल्याएको छ । आइतबार ईभी नेपाल यातायात प्रालिको मेचीनगर–६, काँकरभिट्टा स्थित पुरानो भन्सारमा कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।
प्रालिका अध्यक्ष आचार्यले तत्काल ५ वटा ईभी कम्पनीको माइक्रोबस छोटो दुरीमा कुद्न थालेको बताए । उनका अनुसार काँकरभिट्टादेखि विराटनगर र धरान रूटमा कुदिरहेको छ ।
प्रदूषण नियन्त्रण, स्वच्छ ऊर्जा प्रयोगलाई प्राथमिकतामा राखेर पर्यावरणीय उत्तरदायित्वसँगै यात्रुहरूलाई सुरक्षित, सहज र सुलभ सेवा दिने उदेश्यले माइक्रोबस सञ्चालनमा ल्याएको आचार्यको भनाई छ ।
थप २ वटा माइक्रोबस चाँडै ल्याउने योजना रहेको प्रालिले बताएको छ । ईभी नेपाल यातायात प्रालिमा अर्का पत्रकार ज्ञानेन्द्र निरौला, समाजसेवीहरु भगिरथ राई, ओमप्रकाश खापुङ, दिपेन्द्र प्रधान लगायत रहेका छन् ।
प्रालिका सदस्य पत्रकार निरौलाले कार्यालय कम्पनीले प्रदान गर्ने सेवा, सुविधा र यात्रुमैत्री योजनाबारे प्रकाश पारेको उद्घाटन कार्यक्रमको सञ्चालन सदस्य भगिरथ राईले गरेका थिए ।
कम्पनीले माइक्रोबसहरु गत बैशाख १५ गतेदेखि प्रालि दर्ता गरेर सुरु गरेको थियो । मेचीनगरका अन्य पत्रकारहरु पनि उक्त कम्पनीमा जोडिने तयारीमा रहेको बुझिएको छ ।
Discussion about this post