२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सामाजिक परीक्षण

स्वयमसेवीकाहरुले भने–‘क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेका छन्’

असार १६, २०८२, ६:२६ .सोमवार
0
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ असार । मेचीनगरको एक कार्यक्रममा स्वास्थ्य क्षेत्रका स्वयमसेवकहरुले अझै पनि क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेको बताएका छन् ।

सोमबार मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सामाजिक परीक्षण कार्यक्रममा स्वयमसेवीकाहरुले समाजले के भन्छ भनेर डराएर रोग लुकाइरहेको बताएका हुन् ।

मेचीनगर–६ र ११ नम्बर वडामा कार्यरत क्षयरोग सम्बन्धी काम गर्ने स्वयमसेवीकाहरु तरा भण्डारी, लक्ष्मी थापा लगायतले क्षयरोगका लक्षण र देखिएका खोज्दै घरघरमा पुग्दा धेरै समस्या आउने गरेको बताए ।

‘क्षयरोगको शंका लागेर घरमा गएर ढोका ढकढक गर्दा ढोका खोल्दैनन्’, भण्डारी र थापाले भनिन्–‘समाजसँग डराएर, कस्ले के भन्छ, थाहा पाउछन् भनेर ढोका खोल्दैनन् । त्यसो गर्दा रोगीको परीक्षण, नियमित औषधि लगायत सेवासुविधाबाट बञ्चित हुन्छन् । सर्ने सम्भावना हुन्छ । प्रत्येक नागरिकले सहयोग सचेत हुन आवश्यक छ ।’

समीक्षासहितको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, सामाजिक विकास समिति संयोजक ह्दय राजबंशी, स्वास्थ्य कार्यालय झापाका क्षयकृष्ठ अधिकृत वीरेन्द्र दास, सहिद दशरथ चन्द मावि चारआलीका प्रधानाध्यापक लेखनाथ पौडेल (केशव), क्षयरोग निको भएका परिवारका सदस्य, स्वास्थ्यकर्मी लगायतले समस्या, उपया र समाधानका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रमको सहजीकरण मानव कन्सल्टेन्सी प्रालि बिर्तामोडका सञ्चालक नारायण नेपालले गरेका थिए ।

‘हो । हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिवद्वता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने मुल नाराका साथ आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गरिने अभियान चलिरहेको छ ।

स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले १८५ जना क्षयरोगीमा केहि निको भए भने केहिको निगरानीमा उपचार भइरहेको बताइन् ।

सापकोटाका अनुसार क्षयरोगी प्रत्येक विरामीलाई वर्षेनी पोसिलो खानेकुरा प्याकेजमा दिने गरिएको छ । जसमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ ।

पछिल्लो समाचार

होराइजनमा एसईई पास गरेका र पूर्व विद्यार्थीबीच अनुभव साटासाट

अघिल्लो समाचार

ईभी गाडीमा लगानी गर्दै मेचीनगरका पत्रकारहरु

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.