२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अन्वेषाको ४ जीपिए

होराइजनमा एसईई पास गरेका र पूर्व विद्यार्थीबीच अनुभव साटासाट

असार १६, २०८२, ४:४९ .सोमवार
0
0
0
SHARES
744
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ असार । धुलाबारी स्थित इष्ट होराइजन माविले भर्खरै एसईई पास गरेका र यसअघि कक्षा १२ पास भएर गएका विद्यार्थीबीच अनुभव साटासाट र बधाई कार्यक्रम गरेको छ ।

सोमबार विद्यालय परिसरमा २०८१ सालको एसईई र यसअघि कक्षा १२ पास भएर गएका विद्यार्थीबीच अनुभव आदान प्रदान र बधाई कार्यक्रम गरेको हो ।

विद्यालयबाट यसअघि कक्षा १२ पास भएर गएका प्रवेश दाहाल, उत्साह पौडेलले पढाई मात्र सबै कुरा होइन, विद्यालयमा हुने अन्य प्राविधिक विषयहरुमा पनि मेहेनत गर्न सके सफल हुन समस्या नहुने बताए ।

तोरी पिसाएपछि मात्र तेल निस्कन्छ, त्यस्तै अभिभावक, विद्यालयको वातावरण, शिक्षक र व्यवस्थापनको मायाले हामीभित्र लुकेको प्रतिभा पनि प्रस्फुटन गर्न सके असम्भव केहि नभएको उनीहरुको भनाई छ ।

त्यसैगरी २०८१ सालको एसईईमा ४ जीपिए ल्याएर मेचीनगरमा उत्कृष्ट बन्न सफल छात्रा अन्वेषा श्रेष्ठले पनि शिक्षक, अभिभावकहरुको माया र हौशलाले मेहेनत गर्न बल पुगेको भएको बताइन् ।

विद्यालयकी हेड क्यापटेन समेत रहेकी अन्वेषाले धेरै नपढे पनि कोचिङ लगायत कक्षाको पढाईलाई नै फोकस गरेर मेहेनत गरेको उनको भनाई छ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारी, शिक्षकहरु तुलसीराम घिमिरे, इश्वर घिमिरे, प्रेमनारायण डाँगी, पूर्व विद्यार्थीहरु प्रवेश दाहाल, उत्साह पौडेल, ४ जिपीए ल्याउने छात्रा अन्वेषा श्रेष्ठ लगायतले आ–आफ्ना अनुभव साटासाट गरेका थिए ।

इष्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राईले अध्यक्षतासहित स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।

विद्यालयले यसपटक एसईईमा १०७ जना सहभागी थिए । सहभागी सबै शतप्रतिशत पास भएका छन् । प्रिन्सिपल राईका अनुसार १०७ जना विद्यार्थीहरुमा ३५ जना ए प्लस, ४८ जना ए, २२ जना वी प्लस र २ जना वी जीपिए ल्याउन सफल भएका छन् ।

भर्खरै एसईईमा पास हुने र यसअघि कक्षा १२ पास भएर गएका विद्यार्थीबीच अनुभव साटासाट गरेर एक प्रकारको विद्यार्थीहरुमा उत्प्रेरणा जागोस भन्ने हिसाव यो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल राईले बताए ।

मेचीनगरमा होराइजनले पहिलो पटक एसईईमा ४ जीपिए ल्याउन सफल भएको छ । यस्तै र–९, खुट्टिडाँगी स्थित पारिजात पब्लिक स्कूलकी नुब्सा लिम्बु थलङले पनि ४ जीपिए ल्याएकी छन् ।

पछिल्लो समाचार

अपाङ्गता : समस्या, सम्भावना र चुनौतीहरू

अघिल्लो समाचार

स्वयमसेवीकाहरुले भने–‘क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेका छन्’

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.