२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

भानु जयन्तीमा युवा वैज्ञानिकसहित श्रष्ठाहरु सम्मानित

असार २९, २०८२, १:४० .आइतवार
0
0
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २९ असार । ११२ औँ भानु जयन्तीमा विभिन्न क्षेत्रका चारजना प्रतिभाहरु सम्मानित भएका छन् ।

आज भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टा बहुमुखी क्याम्पसको सभा हलमा आयोजना गरेको भानु जयन्तीमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद उप्रेती, डा.लक्ष्मण मैनाली, साहित्यतर्फ पर्शुराम तिम्सिना र कला–संस्कृति तर्फ केसाङ लामालाई सम्मान गरेको हो ।

कार्यक्रममा साहित्यकार तिम्सिना र कलाकार लामालाई जनही ११ हजार नगद राशिसहित सम्मान गरिएको थियो । तिम्सिनालेहेमराज–मेदनी खरेल भानु साहित्यिक पुरस्कार र लामाले कृष्ण–पवित्रा उप्रेती भानु कला संस्कृति पुरस्कार पाएका हुन् ।

प्रतिष्ठानमा बसेर स्थापनाकालदेखि योगदान गरेका निवर्तमान अध्यक्ष उप्रेती र काँकरभिट्टा निवासी डा.मैनाली शल्याक्रिया विनै आँखाको मोतिया विन्दुको उपचार सम्भव गर्न सक्ने अमेरिकाको इडाहो राज्यस्थित बोइस स्टेट युनिभर्सिटीका भौतिकशास्त्रका प्रोफेसर युवा वैज्ञानिकलाई सम्मान गरिएको छ । निवर्तमान अध्यक्ष उप्रेती अस्वास्थका कारण सम्मान ग्रहणमा उपस्थिति हुन सकेनन् ।

सोहि अवसरमा कविता प्रतियोगिताका पुरस्कृत विद्यार्थीहरुलाई पनि नगदसहित सम्मान गरिएको थियो । कविता प्रतियोगितामा मेचीनगर–७ स्थित आदर्श माविका दिपेश राउत प्रथम, मेचीनगर–४ स्थित सरस्वती माविकी शिक्षा वस्नेत दोस्रो, मेचीनगर–६ स्थित काँकरभिट्टा क्याम्पसका दुर्गा भण्डारी तेस्रो र मेचीनगर–१० स्थित धुलाबारी नमूना माविका संरचना अधिकारी सान्तवना भएका थिए ।उनीहरुलाई क्रमशः ५ हजार, ३५ सय, २५ सय र १ हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठान संस्थापक एवम् संरक्षक दुर्गाप्रसाद आचार्यले भानु साहित्यिक प्रतिष्ठानको दर्ता, गठन र शालिक स्थापना गर्दासम्म भोगेका दुःखहरुलाई स्मरण गर्दै चर्चा गरेका थिए ।

कार्यक्रममा डा.मैनाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । डा.मैनालीको सम्मान पत्र बाचन र परिचयका विषयमा पत्रकार चन्द्र भण्डारीले प्रकाश पारेका थिए । त्यस्तै साहित्यकार पुण्यप्रसाद खरेलले आदिकवि भानु आचार्यको बारेमा चर्चा गरे ।

साहित्यकारहरुले कविता, गीत, नित्य लगायतका साहित्यिक कार्यक्रममा समेत प्रस्तुत भएको थियो । साहित्यिक कार्यक्रमको सञ्चालन कवि जय आचार्यले गरेका थिए भने भानुको भेषमा कवि केन्द्र भट्टराईले अभिनय गरेका थिए ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष सुशिल आचार्य र सञ्चालन महासचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

पछिल्लो समाचार

प्रधानमन्त्री ओलीले उद्घाटन गरे बुद्धशान्तिमा भागीरथा अस्पताल

अघिल्लो समाचार

बाहुनडाँगीका जनताले बाँसको जरामा हात्तीको चित्र बनाएर बेच्न थाले

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.