बिर्तामोड, ७ साउन । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ‘डी–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उद्धव पुरीलाई प्रदान गरेको छ ।
बुधबार प्रेस सेन्टर नेपालले बिर्तामोडमा आयोजना गरेको ‘डी–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहमा दुई दशकदेखि कृयाशिल पत्रकार पुरीलाई वितरण गरिएको हो । पुरी हाल शब्दपत्र अनलाइनका प्रकाशक–प्रबन्ध निर्देशक हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङले पुरी नगद ४२ हजारसहित सम्मान गरेका थिए ।
प्रेस सेन्टर नेपाल झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले पाँच हजार राशीबाट सुरु गरेको पत्रकारिता पुरस्कारको अहिले राशी बढाएर गएको वर्षदेखि ४२ हजार छ ।
उक्त पुरस्कार यसअघि अग्रज पत्रकारहरु चन्द्र भण्डारी, गंजबहादुर दाहाल, लीला बराल, विमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीलाई वितरण गरिसकेको छ ।
त्यस्तै यसै वर्षदेखि सुरु गरेको ‘डी–कौडिन्य पत्रकारिता स्मृति पुरस्कार अक्षयकोष’ मा आर्थिक सहयोग पुर्याउने दाताहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्रेस सेन्टरका प्रदेश सदस्य आइपी भट्टराई, नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङ, माओवादी केन्द्र प्रदेशका उपाध्यक्ष बिजय साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राई, देवकुमार आचार्य (डी–कौडिन्य) की धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी नेपाल झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मञ्च झापा संयोजक प्रविण अधिकारी, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईं लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले ‘डी– कौडिन्यको जीवनीमाथि प्रकाश पारेका थिए ।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष होमप्रकाश अधिकारीले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेती र राजन साम्पाङले संयुक्त रुपमा गरेका थिए ।




Discussion about this post