मेचीनगर, ९ साउन । निमार्णाधीन अवस्थामा रहेको पूर्वपश्चिम लोकमार्गको काँकरभिट्टा–लौकही सडक आयोजना अन्तरगत मेचीनगर क्षेत्रको सडकमा पर्ने नागरिकहरुलाई एचआईभी÷एड्स, यौन रोग र मानव वेचविखन सम्बन्धी सचेत गराइएको छ ।
शुक्रबार नगरपालिकाको सभाहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा राजमार्ग अभिवृद्वि आयोजना अन्तरगत काँकरभिट्टा–लौकही सडकको मेचीनगरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (एचआईभी÷एड्स, यौन रोग र मानव वेचविखन) सम्बन्धी सचेतना गराइएको हो ।
मेचीनगर–६, ७, ८, १०, १३ र १४ नम्बर वडाको सडकमा जोडिएर बसोबास गर्ने महिला तथा पुरुषहरुलाई एचआईभी÷एड्स, यौन रोग र मानव वेचविखनको जोखिम हुन सक्ने भएकाले सचेतना कार्यक्रम आयोजना गरिएको काँकरभिट्टा–लौकही सडक योजना अन्तरगत लैंगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले जानकारी दिइन् ।
कार्यक्रममा एचआईभी÷एड्स सम्बन्धी सामाजिक अभियन्ताहरु दीपा चौधरीले, यौन रोग सम्बन्धी सीता राना र मानव वेचविखन सम्बन्धी इलाका प्रहरी कार्यालय काँकरभिट्टाकी सई मिलन राईले प्रोजेक्टर मार्फत जानकारी गराएका थिए ।
निमार्णाधीन अवस्थामा रहेको सडकमा बाहिरबाट काम गर्न आएका व्यक्तिहरुबाट बालबालिका तथा महिलामाथि हुने यौनजन्य हिंसाका क्रियाकलाप, दुव्र्यवहार लगायतका गतिविधिलाई रोक्न समुदायलाई सचेत गराइएको विज्ञ सिंहको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सडक बनाउन विभिन्न देशबाट कामदारहरु यहाँ आएको बताए । उनीहरुबाट हुनसक्ने जोखिमबाट बच्न नगरबासीहरु सचेत हुनु पर्ने र आयोजना हेर्नेले पनि गम्भिर भएर ध्यान दिनु पर्नेमा जोड दिए ।
सोही अवसरमा नगरपालिकाकी महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख जयन्ती खरेलले पनि सडक निर्माणका क्रममा बालबालिकाहरु हिंसामा परिरहेकाले अबका दिनमा त्यस्ता घटना हुन नदिन सबै सचेत हुनु पर्ने बताइन् ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमला, लैहिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्की, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, सडकसँग वडा जोडिएका नागरिकहरुको सहभागिता रहेको थियो ।
काँकरभिट्टा–लौकही सडक आयोजना अन्तर्गत झापा, मोरंग र सुनसरी जिल्लाका सडक क्षेत्रमा पर्ने विभिन्न पालिकामा एचआईभी÷एड्स, यौन रोग र मानव वेचविखन) सम्बन्धी सचेतना कार्यक्रम भइरहेको छ । सचेतना कार्यक्रमको औचित्यमाथि प्रकाशसहित सहजीकरण विज्ञ सिंहले गरेकी थिइन् ।




Discussion about this post