

मेचीनगर, १० साउन । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको अध्यक्षमा विवेक खवास सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षमा खवासको नेतृत्वमा ३३ जना सदस्य रहेको राष्ट्रिय युवा संघको नयाँ कसमिटी गठन गरिएको छ ।
४ जना सदस्यपछि थप्ने गरी हाल २९ जनाको कमिटी रहेको छ भने सर्वसम्मत भएका उपाध्यक्ष देवीप्रसाद शेर्पाले आफ्नो नाम फिर्ता लिएका छन् ।
राष्ट्रिय युवा संघ मेचीनगरका नवनिर्वाचित कमिटीलाई शुक्रबार निर्वाचन मण्डलका संयोजक एवम् नेकपा एमाले मेचीनगर इन्चार्ज देवकुमार राईले सपथ ग्रहण गराएका थिए ।
अध्यक्षमा खवास, सचिवमा सञ्जय पोखरेल, उपसचिवद्वयमा सञ्जय थामी, वीकिसा कडेल र कोषाध्यक्षमा प्रदीप सिटौला रहेका छन् ।
त्यस्तै सदस्यहरु एलिश पौडेल, रोशन कार्की, कविन्द्र उप्रेती, मनिष मेचे, धिरज मेचे, भुवन कोइराला, शंकर राया, आदित्य भट्टराई, सुरन मेचे, भूपेन्द्र प्याकुरेल, कुमार आचार्य, पुष्प खवास छन् ।
विभिन्न कलस्टर अन्तरगत महिला समावेशी सदस्यमा सम्झाना बाँस्कोटा, श्रृष्टि मेचे, आदिवासी जनजातिमा दिपेश लिम्बु, रोहित राजबंशी, सीमान्तकृत तथा नव युवाहरुमा अभय मेचे, रीया भूजेल, प्रसान्त कार्की, राजु कट्टेल, मनिष खतिवडा, सञ्जोक बराल, बुद्विमान दर्जी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव निशा लिम्बु, केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज राज आङ्देम्वे, एमाले झापा अध्यक्ष प्रेम गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
निर्वाचन मण्डलका संयोजक देवकुमार राईको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रमको स्वागत एमाले मेचीनगर अध्यक्ष एवम् निर्वाचन मण्डलका सदस्य राजु कार्कीले र सञ्चालन निर्वाचन मण्डलका सदस्य एवम् एमाले नगर उपाध्यक्ष उपाध्यक्ष कञ्चनकुमार तामाङले गरेका थिए ।




Discussion about this post