८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

अपाङ्गता भएका व्यक्तिलाई जिवीकोपार्जनमा जोड्दैँ मेचीनगर

साउन २६, २०८२, १२:०३ .सोमवार
0
0
0
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ साउन । मेचीनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न सहकारीको माध्यम अपनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न नगरको १५ वटै वडामा मिलीजुली समूह गठन गरिएको छ ।

मिलीजुली समूहमा अपाङ्गता भएका व्यक्ति नै अध्यक्ष लगायतको २५ जनाको समूह सञ्चालनमा रहेको छ । नगरपालिकाले सबै वडाको उक्त समूहलाई ५० हजारका दरले सात लाख ५० हजार बजेट छुट्टाएको छ । उक्त रकम, समूहको सदस्य र उनीहरुका परिवारले थोरै थोरै पैसा जम्मा गरेर सहकारी प्रक्रिया अन्तरगत जिवीकोपार्जन गर्न सक्ने योजना नगरपालिकाको छ ।

मिलीजुली समूहलाई नै कानून अनुसार दर्ता गरेर सहकारी नियमबाट चलाउन सकिने छ । यसलाई विउँ पुँजीका रुपमा सहयोग शर्षिकमा मिलीजुली समूह सञ्चालन र दीगो व्यवस्थापनका लागि मार्ग दर्शन २०८१ परिच्छेद–५ मा कार्यक्रम कार्यान्वयन विधी बनाइएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई मिलीजुली समूहको बैंक खाता, वडापिछे नविकरण, छुट्टै हिसाव राख्न, मासिक वैठक, बचत संकलन, ऋण परिचालन लगायतका अनेकौँ समस्या भएपनि सुरक्षित र दीगोपनका लागि यसले ठुलो मद्दत पुग्ने छ । विगत ५ वर्षमा कोशी प्रदेशका अन्य जिल्लामा यसको अभ्यास गरिसकिएको छ ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षिय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम हो ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अपाङ्गताको क्षेत्रमा सक्ने गरिरहेकोले यसको प्रतिफल पनि आशलाग्दो गरी आइरहेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती लगायतलले द्रुतगतिमा काम गरिरहेको बताएका छन् ।

सोही अवसरमा अपाङ्गता भएका व्यक्ति, मिलीजुली समूह र उनीहरुको परिवारलाई सहकारी मार्फत जीवीकोपार्जनका लागि आय–आर्जनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा करुणा फाउण्डेशन नेपाल अन्तरगतको जिवीकोपार्जन फाँटका वरिष्ठ अधिकृत माधव चौरेल र नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले प्रशिक्षण दिएका थिए ।

यस आर्थिक वर्ष २०८२÷०८३ का लागि सोमबार सहकारी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको करुणा फाउण्डेशन नेपालका मेचीनगर संयोजक पदम बराइलीले जानकारी दिए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

पछिल्लो समाचार

‘०८४ मा महिला, सबै ठाउँमा पहिला’ दवावका लागि हस्ताक्षर अभियान

अघिल्लो समाचार

रीता राजबंशीको दुवै मृगौला खराव भएपछि उपचार खर्च अभाव

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.