झापा, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको २६औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
फोनिज झापा जिल्ला शाखाले ‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न गरेकाे छ ।
कार्यक्रममा मिडियाले आदिवासी जनजातिहरूको सवालमा प्राथमिकता दिइरहेको अवस्था र आवश्यकताका विषयमा केन्द्रीत छलफल भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि फोनिज संघीय समिति सदस्य भूमिका फियाक लिम्बु, फोनिजका पूर्व संघीय उपाध्यक्ष तथा झापाका पूर्वअध्यक्ष दिपिन राई, फोनिजका पूर्व संघीय उपाध्यक्ष कमन देवान, नेफिन झापाका अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, फोनिज झापाका पूर्वअध्यक्ष इन्द्रजीति मुखिया लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
त्यस्तै, नेफिन झापाका उपाध्यक्ष केवलराम राई, पूर्वअध्यक्षहरु प्रेम घिसिङ र भरतकुमार श्रेष्ठ, नेपाल मगर संघ झापाका पूर्वअध्यक्ष जगत राना मगर, नेपाल संथाल आदिवासी उत्थान संघका केन्द्रीय महासचिव कुन्दन मुर्मु, मेचे समाज सिवियारी आफातका केन्द्रीय अध्यक्ष वीरेन मेचे, राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी, महिला नेतृ सनम राजवंशी, व्यवसायी रमेशकुमार राजवंशी लगायतले पनि धारणा राखेका थिए ।
अन्तरक्रियामा सहभागी फोनिज, नेफिन र जातिय संगठनका नेतृत्वहरुले नेफिन र फोनिजबीचको समन्वयलाई थप सुदृढ गर्दै, संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनमा मिडियाको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचना सुरक्षित गर्न मिडियाले आदिवासी जनजातिका आवाजलाई निरन्तर उजागर गर्नु पर्ने उनीहरूकाे भनाई छ ।
फोनिज झापाका अध्यक्ष अर्जुन राजबंशीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत उपाध्यक्ष तिलक योञ्जनले र सञ्चालन सचिब सन्तोष वेघाले गरेका थिए ।




Discussion about this post