मेचीनगर, १ भदौ । २४ वर्षकै उमेरमा एक महिनाअघि मात्र गम्भीर रोग लागेर निधन भएकी सुस्मिता बर्देवाको सम्झानामा बुबा टेकबहादुर बर्देवाले अनाथ आश्रमका बालबालिकालाई खाद्यन्न सामग्री सहयोग गरेका छन् ।
मेचीनगर–११ नम्बर वडा कार्यालयमा चौकीदार गर्ने टेकबहादुर बर्देवाकी विवाहित छोरी सुस्मिताको बोनम्यारो रोगका कारण २०८२ असार ११ गते निधन भएको थियो ।
वडा नम्बर ११ स्थित मंगली चौक निवासी सामान्य परिवारका टेकबहादुरले छोरीको सम्झनामा आइतबार मेचीनगर–७ को समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिका बालबालिकाहरुलाई ४ बोरा चामल, ५ केजी दाल र बिस्कुट सहयोग गरेका थिए ।
समितिका उपाध्यक्ष गंगा संग्रैलाले सामान्य परिवारका मनकारी टेकबहादुरले छोरीको स्मृतिमा आश्रमका अनाथ, बेसहारा र अपाङ्गता भएका बालबालिकाहरुलाई गरेको सहयोग अपूरर्णिय रहेको बताए ।




Discussion about this post