८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

चारआलीको शवदाहस्थल बिर्तामोडको डम्पिङ साइट

भदौ ३, २०८२, ३:५५ .मङ्लबार
0
0
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

चारआली, ३ भदौ । मेचीनगर–१३, देउनीया स्थित शवदाह स्थलमा बिर्तामोड नगरपालिकाले फोहोर मैलाको डम्पिङ साइट बनाएपछि मेचीनगरका सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

मेचीनगर–१३ को भूगोलमा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रभित्र रहेको शवदाह स्थलमा बिर्तामोडको जेसीवीले खाल्डो खनेर फोहोर मैला फ्याक्ने गरेको छ ।

चारआली, शहरेडाँगी, दुहागढी, बिर्तामोड–६, बुट्टाबारी लगायतको क्षेत्रबाट सदीयौँदेखि मान्छेको मृत्यु भएमा दाहसंस्कारका लागि उक्त शवदाह स्थलमा ल्याउने गरिएको छ । स्थानीय बद्री महतले मान्छेको मृत्यु भएपछि पवित्रस्थलको रुपमा लाने ठाँउ शवदाह स्थलमा फोहोर ल्याएर फ्याक्नु ठिक नभएको बताए ।

देउनीया खोला र शवदाहस्थल नै पुर्ने गरी जेसीवीले खाल्डो खनेर फोहोर थुपारेपछि १३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देल, मेची शव डिभिजन कार्यालयका प्रमुख वन अधिकृत सुरज निरौला, हरियाली सामुदायिक वनका अध्यक्ष जगतकुमार तामाङ लगायत स्थानीयहरुले त्यसको विरोध गरेका छन् ।

वन अधिकृत निरौलाले वातावरण परीक्षण, आईई, एआई नगरी तथा सामुदायिक वन, शव डिभिजन कार्यालय र वडा कार्यालयलाई समेत जानकारी नदिई फोहोर मैला फ्याकेकोले कारवाही प्रक्रिया अघि बढाउने बताए ।

वनका अध्यक्ष तामाङले राति कतिखेर आएर फोहोर फाल्यो थाहा नभएको बताए । अब यसलाई सम्बन्धीत ठाउँमा जानकारी गराएर रोक्ने उनको भनाई छ । शवदाहस्थल बिर्तामोड–६ र मेचीनगर–१३ को सीमानामा पर्छ ।

‘वर्षौदेखि गरिव जनता मृत्यु भएमा यहाँ शवदाहस्थल ल्याउने गरिएको छ’, वडाध्यक्ष सिग्देलले भने–‘धनिमानीहरुले दाहसंस्कार गर्न माई लान्छन् । तर, अधिकांश जनताको दाहसंस्कार गर्ने ठाउँ नै पुरिएपछि समस्या भयो । खोलाको जग्गा समेत अतिक्रमित भएको छ । तत्काल फोहोर फाल्ने काम बन्द गर्नु पर्छ ।’

रोचक भूगोल

यो भूगोलको इतिहास भने रोचक रहेको छ । वडा नम्बर १३ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समितिका साढे ४ सय उपभोक्ताहरु बिर्तामोड–६ का छन् । यसको कार्यालय बुट्टाबारीमा छ ।

१४९ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वन परिसरमा हरियाली सीमसार धार्मिक पर्या पर्यटन, पोखरी, सभाहल, किराँत र लिम्बुको मन्दिर, तामाङको मलामी घर लगायतको संरचना रहेको छ । ति सबै संरचना निर्माणका लागि बिर्तामोड नगरपालिकाले बजेट दिएको थियो ।

बिर्तामोड, अर्जुनधारा, चन्द्रगढी र मेचीनगरको सीमामा रहेका सामुदायिक वनहरु प्रगति, हातेमालो, हरियालीको भूगोल विचित्रको रहेको छ । अर्को गज्जवको कुरा १३ नम्बर वडामा रहेको सीमसार क्षेत्रको बोर्डमा बिर्तामोड–६ लेखिएको छ ।

पछिल्लो समाचार

तरकारी उत्पादन गर्ने किसानको कुरा सुन्दै नगरपालिका

अघिल्लो समाचार

अर्गानिक तरकारी प्रर्वद्धनमा जोडदिउँ : नगरप्रमुख बुढाथोकी

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.