मेचीनगर, ४ भदौ । मोरङ व्यापार संघ र नेपाल उद्योग बाणिज्य महासंघका नेताहरुलाई मेची उद्योग बाणिज्य धुलाबारीले स्वागत गरेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा आएको टोलीलाई बुधबार धुलाबारीमा स्वागत गरिएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई लगायतले टोलीलाई स्वागत गरेका थिए ।
भेटघाटमा महासंघका केन्द्रीय सदस्यद्वय रिजाल, खड्का, मोरङ अध्यक्ष राठी, मेचीका अध्यक्ष प्रसाई लगायतले व्यवसायीहरु विभिन्न संघ–संगठनमा भएपनि व्यापार व्यवसायका लागि एकतामा गाँसिएरअघि बढे सबैको जीत हुने बताए ।
ओरालो लागेको अर्थतन्त्र र निर्यातलाई प्रर्वद्धन नगर्ने हो भने मुलुक जोखिममा फस्न सक्ने भएकाले व्यापारीहरु एकजुट भएर लाग्नु पर्ने बेला भएको उनीहरुको जोड थियो ।
छलफलमा मोरङका व्यवसायीहरु अनिल साह, दिपेश सुवेदी, अमितकुमार अग्रवाल, डा.दिपेन्द्र नौलाखा, कृष्ण रेग्मी तथा मेचीका पूर्व अध्यक्ष ऋषिराज तिम्सिना, वरिष्ठ उपाध्यक्ष कपलि क्षेत्री, उद्योग उपाध्यक्ष भूमि पौडेल, महिला उपाध्यक्ष निर्मला चौहान भण्डारी, सदस्य सन्तोष खवास लगायतले पनि नेपाल–भारतका सीमाका समस्या, कर, व्यापार प्रर्वद्धनका लागि गर्न सकिने उपाय लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
आगामी चैत २८ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको चुनावका लागि पनि व्यवसायी, उद्योगी नेताहरु जिल्ला दौडमा निस्कन थालेका छन् ।
छलफल कार्यक्रमको सहजीकरण मेची उद्योग बाणिज्य संघका कार्यकारी प्रमुख गोपाल वस्नेतले गरेका थिए ।




Discussion about this post