२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

अन्तर्राट्रिय पहिचान बनाउँदै होराइजन, चीनसँग भगिनी सम्बन्ध

भदौ ४, २०८२, ३:१० .बुधबार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ भदौ । शिक्षा क्षेत्रमा अन्तर्राट्रिय पहिचान बनाउँदै गएको धुलाबारीको इस्ट होराइजनले यसपटक छिमेकी देश चीनसँग सम्बन्ध जोड्न पुगेको छ ।

बुधबार होराइजनले स्कुल परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चीनको फुजियान राज्यस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीसँग भगिनी सम्बन्ध जोडेको जानकारी गराएको हो ।

स्कुलका प्रिन्सिपल सञ्जीव राईले विद्यार्थीहरुलाई व्यवसायिक शिक्षामा अन्तर्राट्रिय सहकार्य सुदृढ गर्ने उदेश्यले चीनको कलेजसँग भगिनी सम्बन्ध कायम गरिएको बताए ।

विश्वस्तरको शिक्षा र व्यवसायिक सीप अभिवृद्विमा जोड्ने गरी चियाको उत्पादन, बजारीकरण, संस्कार र संस्कृति लगायतका विषयमा विद्यार्थीलाई सिकाउन यो सम्बन्धले ठुलो मद्दत पुग्ने अपेक्षा गरिएको उनको भनाई छ ।

यहाँ पढ्ने विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा विश्वस्तरसम्म चिनाउन हाम्रो बलबुताले भ्याएसम्म कोशिस गरिरहेको स्कुलकी प्रशासन प्रमुख सावित्रा सापकोटाको दावी छ ।

भगिनी सम्बन्ध अन्तरगत यही भदौ १९ गते स्कुल सञ्चालक र शिक्षकको ४ जनाको टोली चीन जाँदै छ । उनीहरुले कलेजको अध्यायन र अवलोकन गरेपछि सोही अनुसारको योजना बनाउने भएका छन् ।

सहमति अनुसार ६÷६ महिनामा कलेज र होराइजनको अवलोकन भ्रमण भइरहने छ । यताकोटोली फर्केपछि उता कलेजबाट पनि यहाँ आउनेछन् । स्कुलका शिक्षक महेश खड्काले पनि चीनको कलेजसँग भएका सहमतिहरुका विषयमा प्रकाश पारेका थिए ।

संस्थागत स्कुलका रुपमा मेचीनगरमा नमूना बनेको होराइजनले यसअघि दुवईमा शिक्षा अवार्डबाट सम्मानित भइसकेको छ । त्यस्तै भारतको आन्द्र प्रदेशमा ‘कृतज्ञता यात्रा’ मा आफ्नो साँस्कृतिक कला तथा ब्याक्पाइपर ब्याण्ड बाजा प्रस्तुत गरेको थियो ।

स्कुलमा पढाईका साथै अन्य अतिरिक्त क्रियाकलापहरु हुने गरेको छ । विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुका लागि स्कुलले क्याम्ब्रीज कोर्ष पनि पढाई रहेको छ ।

यसैगरी स्कुलले विहीबार तीज विशेष भिडियो पनि सार्वजनिक गरिने नृत्य निर्देशक दिवस गिरीले बताए । शुक्रबार तीजको अवसरमा स्कुलका महिला शिक्षकहरुबीच मैत्रीपूर्ण फुटबलमा विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनको सहजीकरण शिक्षक विकास ग्वालले गरेका थिए ।

पछिल्लो समाचार

अर्गानिक तरकारी प्रर्वद्धनमा जोडदिउँ : नगरप्रमुख बुढाथोकी

अघिल्लो समाचार

‘व्यवसायीहरु एकजुट भए अर्थतन्त्र मजवुत हुन्छ’

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.