२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

४३ जनालाई मेसिन

उद्यमीहरुको झोला विद्यालयमा बेच्ने प्रबन्ध मिलाउछौँ : नगरप्रमुख बुढाथोकी

भदौ ५, २०८२, २:५६ .बिहिबार
0
0
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ भदौ । मेचीनगर नगरपालिकाले गठन गरेको लघु उद्यमी समूहमा सहभागी महिलाहरुले तालिम लिएर आत्मनिर्भर बन्न थालेको बताएका छन् ।

विहीबार नगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यमी समूहमा सहभागी भएर तालिम लिएका ४३ जना महिलाहरुलाई सिलाई कटाई मेसिन प्रदान गरिएको थियो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले उक्त प्रविधिहरु सहभागीहरुलाई हस्तान्तरण गरेका थिए ।
नगरपालिकाको २०८१÷८२ को तपाईहरुलाई छाडदैनौँ, आफ्नो खुट्टामा उभ्याउने काम गछौँ भन्ने कार्यक्रमको बजेटबाट ८० प्रशित र सहभागीको २० प्रतिशत लागत सहभागितामा उक्त प्रविधिहरु हस्तान्तरण गरिएको हो ।

गरिवी निवारणका लागि लगु उद्यमी विकास कार्यक्रम र लघु उद्यमीहरुका लागि सीप तथा क्षमता अभिवृद्वि अन्तरगत वडा नं.७ का सहभागीलाई उक्त तालिम दिएको थियो ।

व्यवसाय गर्न सक्ने भए : भविता रिजाल

एडभान्स तालिममा सहभागी भविता रिजालले लघु उद्यमी समूहले दिएको झोला, व्याग लगायतका सामग्री बनाउने तालिमले थोरै भएपनि जीविको पार्जन गर्ने माध्यम बनेको बताइन् ।

उनका अनुसार झोला, व्याग बनाउने सीप सिकेर छोरा–छोरीलाई स्कुलको टिफिन समयमा खाजा खुवाउन सक्ने बनाएको छु । अझै मेहेनत गर्नसके परिवार पाल्न सकिने रहेछ ।

आफै मालिक बने : सरस्वती बानियाँ

नगरपालिका बाटै तालिम लिएर प्रशिक्षक समेत बनिसकेकी मेचीनगर–३ स्थित दोकानडाँडाकी सरस्वती बानियाँले लघु उद्यमी समूहबाट एडभान्स तालिम लिएर सहभागीलाई तालिम दिन थालेकी छन् । उनले आफ्नै सिलाई कटाईको टेलरिङ पसल समेत सञ्चालन गर्न थालेको बताइन् ।

उनले भनिन्–‘अर्काको काम गर्नु भन्दा आफै मालिक हुने उदेश्यले सुरुमा तालिम लिए । तालिम लिएपछि आफै गरिखाने भएको छु । यसको सबै देन नगरपालिकाको रहेको छ ।’

नगरप्रमुख बुढाथोकीले तालिम लिएर व्यवसायिक बनेका महिला उद्यमीहरुले बनाएका झोला र व्यागहरु नगरका सामुदायिक विद्यालयमा बिक्रीका लागि छलफल गरिने बताएका छन् ।

उद्यमी महिलाहरुले उत्पादन गरेका उक्त सामग्रीको बजारीकरणका लागि उचित मूल्यमा बिक्री वितरणका लागि नगरपालिकाले पहल गर्ने उनले बताए ।

नगर प्रविधि मैत्री बन्दै : उपप्रमुख उप्रेती

उपप्रमुख उप्रेतीले उद्यमीहरुलाई प्रविधि मैत्रीसँगै व्यवसायिक बनाउने उदेश्य रहेको बताइन् । उनका अनुसार सीप सिकेर उद्यमीहरु चुप लागेर बस्नु हुँदैन, काममा लाग्नु पर्छ ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, लघु उद्यमी समूहकी अध्यक्ष चन्द्रकला रिजाल लगायतले प्रविधिको उच्चतम प्रयोग गरेर आत्मनिर्भर बन्ने बाटोतर्फ जान आग्रह गरेका थिए ।

६ जना प्रशिक्षकद्वारा बाहिर पनि तालिम दिँदै

लघु उद्यमी समूहबाट तालिम लिएर प्रशिक्षक बनेका महिला उद्यमीहरुले झापा लगायत विभिन्न जिल्लामा तालिम दिइरहेका छन् ।
नगरका प्रशिक्षक निलु राई श्रेष्ठले दमक नगरपालिकाका महिलाहरुलाई झोला बनाउने तालिम दिएकी छन् । प्रशिक्षक सीमा श्रेष्ठले रोङ गाँउपालिकाका महिलाहरुलाई झोला, सिलाई र हस्तकलाको तालिम दिइन् । प्रशिक्षक रेखा श्रेष्ठले रोङ गाँउपालिकाका महिलाहरुलाई झोला र हस्तकलाको तालिम दिएकी थिइन् ।

यस्तै, लघु उद्यमी समूहकी अध्यक्ष रिजालले बिर्तामोड नगरपालिकामा अचार र च्याउँ सम्बन्धी प्रशिक्षण दिएकी छन् । प्रशिक्षक मालती कटुवालले पाँचथरमा झोला सम्बन्धी तालिम दिइन् । यसैगरी प्रशिक्षक निर्मला खनालले कचनकवल गाँउपालिकामा सहभागीलाई झोला सम्बन्धी तालिम दिएको नगरपालिकाले जनाएको छ ।

१०८ जनालाई विभन्न तालिम

गरिवी निवारणका लागि लघु उद्यमी समूह मार्फत २०७८÷७९ देखि २०८२ साल सम्ममा ३७० जना भन्दा बढि र याे वर्ष मात्र २ जना पुरुष र १०६ जना महिला गरेर १०८ जना नयाँ उद्यमीले तालिम लिएका थिए ।

सीप विकास तालिम अन्तरगत सिलाई कटाइमा १८ जना, व्युटी पार्लरमा ४ जना, सैलुनमा २ पुरुष र २ जना महिला, झोला बनाउनेमा २७ जना, एडभान्स झोला बनाउने तालिममा ३६ जना, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र मार्फत विद्युत जडानमा १५ जना सहभागी भएको कार्यालयले जनाएको छ ।

त्यस्तै वित्तिय साक्षरता र बजारीकरण कार्यक्रममा ६१ जना सहभागी भएका थिए भने उद्यम अवलोकन भ्रमणमा २८ जना सहभागी भएको बताइएको छ ।

मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत लघु उद्यम सहजकर्ता अश्विनी भट्टराईले र सञ्चालन आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले गरेका थिए ।

पछिल्लो समाचार

बाणिज्य संघले मनायो ‘सीपसँग तीज’ कार्यक्रम

अघिल्लो समाचार

लिङ्कनका बालबालिकाका अभिभावकलाई मनाेविज्ञान सम्बन्धि परामर्श

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.