३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

मन्त्री दाहाललाई नगरप्रमुख बुढाथोकीले राखे सातवटा माग

भदौ १२, २०८२, १:१३ .बिहिबार
0
0
0
SHARES
224
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मेचीनगर नगरपालिकाले नगरका केहि विकास निर्माणका विषयमा मागहरु राखेको छ ।

आज दिउँसो मन्त्रीलाई नगरपालिकामा स्वागत तथा सम्मान गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरका ७ वटा विकास निर्माणका विषयमा मागहरु राखेका हुन् ।

मागहरुमा पूर्वी सीमाना काँकरभिट्टा स्थित बसपार्क–सतिघट्टा सडकमा अण्डरपास तथा ओभरपास निर्माण, काँकरभिट्टाबाट प्यारीभिट्टा बसपार्कसम्म ६ लेनको सडक निर्माण, ईटाभट्टा चौकदेखि पश्चिम नगरपालिकाको कार्यालय र पूर्वतर्फ ३०० मिटरसम्म ६ लेन सडक निर्माण, ड्रेन निर्माणतर्फ (नगरपालिकाको कार्यालय उत्तर एनएमसी डेरीदेखि पूर्व पालिया खोलासम्म,
धुलाबारी मोड पूर्व निन्दा खोलासम्म र पश्चिम टिमाई खोलासम्म र टिकापुर पश्चिम नगरडुब्बा खोलासम्म) रहेका छन् ।

यस्तै, कालीखोला पूर्व १,२, ३ कल्भर्ट मध्ये २ वटा कल्भर्ट निर्माण नगरिदिन, काँकरभिट्टा इलाका प्रहरी कार्यालय पश्चिम मेची भन्सार कार्यालय उत्तर रोड छेउमा घण्टाघर निर्माणका लागि अनुमति पाउन र काँकरभिट्टा स्थित निर्माण सम्पन्न भई सकेको राजमार्गको कुनै उपयुक्त स्थानमा गोपाल योञ्जनको शालिक स्थापनाको अनुमति पाउन माग गरिएको छ ।

मन्त्री दाहालले केहि मागहरु सम्बोधन गरिने र योजना परेका विषयहरुलाई प्राथमिकतामा राखेर मन्त्रालयले कामअघि बढाउने बताएका छन् । मन्त्रीहरुसँगै आएका सडक विभागका निर्देशक, विभागिय प्रमुखहरु र सचिवसँग छलफल गरिने उनको भनाई थियो ।

छोटो भेटघाटमा नगरप्रमुख बुढाथोकी, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य लगायतले धारणा राखेका थिए ।

भेटघाटमा कोशी प्रदेशका सांसद होम थापा, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई, झापा उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, नगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज माधव अर्याल, नगरप्रवक्ता एवम् वडाध्यक्ष दिपक बराल, वडाध्यक्षहरु प्रलादमणि ओली, ललितबहादुर तामाङ, वडा सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

मन्त्री दाहालद्वारा सडक आयोजनाको भवन उद्घाटन

अघिल्लो समाचार

सुर्योदय स्कुलको स्वास्थ्य शिविरमा २४१ जना लाभान्वित

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.