झापा, १६ भदौ । झापा महिला गोल्डकपकाे सदस्यता लिनेको संख्या दिनदिनै बढ्न थालेकाे छ ।
शिवसताक्षी स्थित दुधे रंगशालामा कार्तिक १५ गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए ।
उनले सदस्य लिनेकाे संख्या दुई सय भन्दा बढी भइसकेको बताए ।
गोल्डकपले भदौबाट सुरु गरेको सदस्यता अभियान अन्तर्गत १० हजार शुल्क तिरेर सदस्य बन्नेको संख्या दुई सय नाघेको हो ।
गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि इच्छा देखाएका छन् ।
यश क्षेत्रमा दीर्घकालीन रुपमा गोल्डकपलाई अघि बढाउन संस्थापक सदस्यता योजना ल्याइएको हो । सदस्यलाई प्रतियोगितामा विशेष सुविधा दिने तयारी गरिएको सचिवालय प्रमुख हिमाल खरेलले बताए ।
नेपालमै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगितामा तीन विभागीयसहित ६ वटा तथा भारत र भुटानका एक एक वटा टिमको सहभागिता रहने थोप्राले बताए ।
करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता सञ्चालनका लागि शिवसताक्षी नगपालिका र वडा कार्यालयहरुले ३० लाख सहयोग गर्ने बताइएको छ ।




Discussion about this post