झापा, २१ भदाै । मेची खाेलाले बगाएर ल्याएकाे अवस्थामा एक जना वृद्व पुरूषकाे शव फेला परेकाे छ ।
भद्रपुर-३, भैसाबाडी स्थित मेची खाेलाले शनिबार मध्येन्न १२:२० वजे ६५ वर्षीय पुरूषलाई बगाएर ल्याउँदै गरेकाे स्थानीयले देखेपछि प्रहरीले बाहिर निकालेर हेर्दा मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिएका पुरूष कचनकवल गाउँपालिका-६ पैनीटाेल वस्ने साेनुलाल मुर्मु रहेकाे उनकी छाेरी शुशिला मुर्मुले पहिचान गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक मुर्मु छाेरीकाे घर भारत जाने क्रममा मेची खाेलाले बगाएर डुवेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीकाे भनाई छ ।




Discussion about this post