
भद्रपुर, १९ भदौ । नेपाल निजामति कर्मचारी युनियनले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार इश्वर अधिकारी लगायत उत्कृष्ट कर्मचारी, समाजसेवी र सेवा निवृत कर्मचारीहरुलाइ सम्मान गरेको छ ।
सञ्चार क्षेत्रमा गरेको योगदानको मूल्याड्कन गर्दै अधिकारीलाई सम्मान गरिएको हो ।

भद्रपुर–१० निवासी अधिकारी विगत दुइ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी नागरिक एफएमका कार्यक्रम निर्देशक, आँखा डटकम अनलाइनका सम्पादक समेत हुन् ।
सम्मानित हुनेहरुमा समाजसेवीतर्फ बिर्तामोड निवासी जलकुमार गुरुङ, उत्कृष्ट कर्मचारीतर्फ कमल गाउँपालिकाका कृषि अधिकृत महेन्द्र बोहोरा, प्रादेशिक अस्पताल भद्रपुरका एक्सरे शाखाका कर्मचारी लीला भट्टराई छन् ।
त्यस्तै, सम्मानित हुनेमा सेवा निवृत कर्मचारीहरुमा शिक्षा विकास तथा समन्वय इकाइ झापाका उपसचिव भोलानाथ दाहाल, मदन भण्डारी राजमार्ग योजना कार्यालयका लेखा अधिकृत नारायण प्रसाद दुलाल, जिल्ला प्रशासन कार्यालय झापाका कार्यालय सहायक भिमवहादुर चेम्जोड्ग, भद्रपुुर नगरपालिकाका बरिष्ठ जनस्वाथ्य अधिकृत शान्तिराम भट्टराई, डिभिजन वन कार्यालयका सुवेदारद्धय झरेन्द्रकुमार कटुवाल र पर्तवहादुर तामाङ, कचनकवल गाँउपालिकाका पशु विकास अधिकृत मशिन्द्र यादव, अर्जुनधारा नगरपालिकाका नायव सुब्बा अर्जुन आचार्य, जिल्ला हुलाक कार्यालयका कर्मचारी हिरावहादुर कार्की र कोहवरा स्वास्थ्य चौकीका ग्रा.स्वा.का.राजकुमार कार्की रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापति देउकुमार थेवे, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाई, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष हिरण्य न्यौपाने, ट्रेड युनियन झापाका सभापति यज्ञप्रताप अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निजामती कर्मचारी युनियनका अध्यक्ष लक्ष्मीप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत पूर्व अध्यक्ष कविन्द्रविक्रम नेम्बाङले र सञ्चालन सचिव चन्द्रप्रसाद पौडेलले गरेका थिए ।




Discussion about this post