२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वीद्वारको सभा

सहकारीका सदस्यलाई उद्यमशीलतामा लगाउनु पर्छ : महेन्द्र गिरी

भदौ २१, २०८२, १०:३३ .शनिबार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ भदाै । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष महेन्द्र गिरीले सहकारीहरूले अब सदस्यहरूलाई उद्यमशीलतामा लगाउनु पर्ने बताएका छन् ।

शनिबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाको १९ औँ माईन्यूट प्रमाणित बार्षिक साधारण सभामा प्रमुख अतिथि गिरीले यस्तो बताएका हुन् ।

नेपालकै पहिलाे उत्कृष्ट सहकारी सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत समेत रहेका प्रमुख अतिथि गिरीले सहकारीमा धेरै चुनाैतिहरू रहेकाे बताए ।

उनका अनुसार देशभरिका ५ सय वटा सहकारी समस्यामा छन् । त्यसमध्ये करिव ४२ वटा सहकारी समस्याग्रस्त अवस्थामा रहेकाे छ । झापामा पनि करिव १० वटा सहकारी समस्यामा छन् ।

´अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सकिदैन`, गिरीले भने-´सहकारीले एकजनालाई २५ लाख भन्दा बढी ऋण लगानी गर्नु हुँदैन । स-साना बचतलाई ध्यान दिनु पर्छ । आफ्नो व्यालेन्स अनुसारकाे ऋण लगानी गरे उत्तम हुन्छ ।

गिरीले केही वर्षअघि देखि घाटामा गएकाे राष्ट्रिय सहकारी बैंकलाई अहिले नाफामा ल्याउन सफल भएकाे बताए । यसलाई अझ राम्राे बनाउन २ वर्ष लाग्ने उनकाे भनाई छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले सहकारीभित्र बसेर  राजनीति गर्न नहुने बताए । उनका अनुसार सहकारी सामाजिक पाेपर्टी भएकाले लहडमा लागेर सहकारी चलाउनु हुँदैन । मेचीनगर नगरपालिकाका सहकारी समन्वय समिति सदस्य समेत रहेका सापकोटाले नगरमा ३४ वटा सहकारी अनुगमन गर्दा पूर्वीद्वार साकाेस उत्कृष्ट रहेकाे पाइयाे ।

कार्यक्रममा सञ्चालक समिति सदस्य निरज कट्टेलले संस्था स्थापना गर्दादेखि भाेगेका समस्या लगायतका विषयमा चर्चा गरेका  थिए ।

सोही अवसरमा संस्थाले नियमित बचततर्फ ज्यामिरगढीका उत्कृष्ट शेयर सदस्य राजुशील शर्मा, खुटिडाँगीकी नारायणी बास्ताेला, बाल बचततर्फ धाइजनकी श्रीयान्सी गिरी र काँकरभिट्टाका आर्यमान पाैडेल, नियमित ऋणतर्फ ज्यामिरगढीका उत्कृष्ट शेयर सदस्य दयामुनी पाहान र नरेश भण्डारी, ज्येष्ठ नागरिकतर्फ ज्यामिरगढीका उत्कृष्ट शेयर सदस्य शेरबहादुर लिम्बु र भृकुटीकि टंकमाया कार्की, सफल व्यवसायी वा उद्यमीतर्फ ज्यामिरगढीका उत्कृष्ट शेयर सदस्य सञ्जय राजबंशी, संरक्षित पुँजी फिर्ता कोष वितरणतर्फ ईटाभट्टा तर्फकी पार्वती कार्की खड्कालाई नगदसहित सम्मान गरेको छ ।

त्यस्तै संस्थाले उत्कृष्ट कर्मचारीतर्फ भृकुटी सेवा कार्यालयकी कनिष्ठ सहायक तृतिय सन्तकला माझीलाई पनि सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट सेवा कार्यालयतर्फ ज्यामिरगढी सेवा कार्यालयलाई पनि सम्मान गरिएको छ ।

२०६३ असार ७ गते स्थापना भई ३३ जना शेयर सदस्यबाट प्रति सदस्य रु.१०० शेयर पुँजी संकलन गरी सुरु भएको  संस्थामा हाल ६ हजार ४४ जना सदस्य छन् ।

३ करोड ५६ लाख ८१ हजार शेयर पुँजी रहेको संस्थामा २३ करोड ६७ लाख ३१ हजार ७७१ रुपैयाँ १८ पैसा बचत तथा निक्षेप, २२ करोड ३४ लाख ४४ हजार  ऋण लगानी, १ कराेड ४८ लाख ४८ लाख १९ हजार ७५८ रूपैयाँ विभिन्न काेषमा जम्मा, ३ कराेड ५१ लाख ८३ हजार ९६८ रूपैयाँ आय, ३ कराेड २४ लाख १८ हजार १९८ रूपैयाँ  व्यय, खुद सञ्चालन बचत २७ लाख ६५ हजार ७६९ रूपैयाँ, ३३ करोड ६८ लाख  २४ हजार ४६५ रुपैयाँ ५८ पैसा कुल सम्पत्ति रहेको छ ।

यसअघि संस्थाको मेचीनगर स्थित धाइजन, ज्यामिरगढी, ईटाभट्टा, खुट्टीडाँगी, भृकुटी सेवा कार्यालयहरुको ईकाइ साधारण सभा सम्पन्न भइसकेको छ ।

केही महिनाअघि मात्र काँकरभिट्टा सेवा केन्द्र ईटाभट्टा सेवा केन्द्रमा मर्ज भएको थियाे । संस्थाले यसअघि स्थापना दिवसमा टिकटक प्रतियोगिता समेत सम्पन्न गरेकाे थियाे ।

पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वेश्वर प्रसाद भट्टराई (वीपी) ले अध्यक्षतासहित अध्यक्षको बार्षीक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन लेखा समिति संयोजक गोपालबहादुर राउतले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको स्वागत उपाध्यक्ष मणिराम खतिवडाले र सञ्चालन व्यवस्थापक प्रल्हाद खड्काले गरेका थिए ।

पछिल्लो समाचार

मेची खाेलाले बगाएर एकजना वृद्वकाे मृत्यु

अघिल्लो समाचार

पूर्वीद्वार साकाेसकाे अध्यक्षमा गाेपालबहादुर राउत

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.