मेचीनगर, २१ भदाै । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गोपालबहादुर राउत सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न १९ औँ बार्षीक साधारण सभा (माईन्यूट प्रमाणित) ले राउतलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेकाे हाे ।
४ वर्षे सञ्चालक समितिकाे उपाध्यक्षमा कुसमी कुमारी चौधरी, सचिवमा रमेशप्रसाद बराल तथा सदस्यहरूमा जोगेन राजवंशी, खड्गबहादुर राउत, मणिराम खतिवडा, कुलप्रसाद कट्टेल, सोमप्रसाद ओली र गंगा बुढाथोकी रहेका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिकाे संयोजकमा उदय बराइली तथा सदस्यहरूमा धर्मेन्द्र खड्का र रमेशप्रसाद दाहाल सर्वसम्मत निर्वाचित भएका छन् ।
संस्थाले नयाँ कार्यसमितिका लागि निर्वाचन मण्डल बनाएर यही भदाै १९ गतेदेखि निर्वाचन प्रक्रियामा गएकाे थियाे ।
निर्वाचन सम्पन्न गराउन नेपाल सरकारका शाखा अधिकृत बिक्रम लिम्बुकाे संयाेजकत्वमा संस्थाले निर्वाचन समिति गठन गरेको थियाे । जसकाे सदस्यहरूमा प्रभाकर आचार्य र शाेभा खवास रहेका थिए ।




Discussion about this post