झापा, २४ भदाै । दमक र बिर्तामोड क्षेत्रमा कर्फ्यु आदेश थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले दमक नगरपालिका र बिर्तामोड नगरपालिका क्षेत्रमा आज विहान साढे १० वजेदेखि वेलुका ७ वजेसम्म कर्फ्यु आदेश थप गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालय झापाले दुवै क्षेत्रकाे सूचना जारी गरेर दमक र बिर्तामोड नगर क्षेत्रमा दिउँसाे पनि कर्फ्यु आदेश जारी गरेको सार्वजनिक गरेकाे छ ।
प्रमुख जिल्ला अधिकारी गाेपालकुमार अधिकारीकाे हस्ताक्षर रहेकाे सूचनामा मंगलबार विहान १०:३० बजेदेखि राति ७ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।
दमककाे पूर्वमा रतुवा खाेला पारी, पश्चिममा दमक बाणिज्य कम्लेक्स, उत्तरमा हिमालय मावि र दक्षिणमा ईलाका प्रशासन कार्यालयदेखि २०० मिटर कर्फ्यु आदेश जारी गरिएको छ ।
त्यस्तै, बिर्तामोडकाे पूर्वमा बसपार्क छिर्ने माेडसम्म, पश्चिममा रामचोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको छ।
चारकिल्ला सिमा क्षेत्र ताेकी कसैले आवतजावत गर्न, भेला हुन, प्रदर्शन गर्न, बैठक गर्न, घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।
जेनजीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा सोमबार देशभरि विराेध प्रदर्शन गरेपछि सबैतिर कर्फ्यु आदेश जारी गरिएको हाे ।
साेमबार झापाकाे दमक, बिर्तामोड नगरपालिकामा आगजनी र नेकपा एमाले झापा पार्टी कार्यालयमा पसेर अध्यक्ष प्रेम गिरी र काेशी प्रदेश सांसद छवि चुडालकाे गाडीमा ताेडफाेड गरिएको थियाे ।
मंगलबार पनि पार्टी कार्यालयमा आगजनी गरिएको छ ।झापाका विभिन्न ठाउँमा विराेध प्रदर्शन भइरहेकाे छ ।




Discussion about this post