
झापा, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
ओलीले अहिले भर्खरै प्रधानमन्त्री पदबाट राजीनामा दिएको पत्र सार्वजनिक भएको छ ।
राष्टपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर लेखेको पत्रमा २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७(१) क बमोजिम आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको उल्लेख छ ।





Discussion about this post