झापा, २९ भदौ । सरकारले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरेकाे छ ।
आज पदभार ग्रहण गरेकै दिन प्रधानमन्त्री सुशीला कार्कीले पहिलाे निर्णय गरी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घाेषणाा गरेकी हुन् ।
उनले सहिद भएका प्रत्येकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णयमा हस्ताक्षर गरेकी छन् ।
मुख्य सचिव एकनारायण अर्यालले आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको जानकारी दिए ।
आन्दोलनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएकाे उनले बताए ।




Discussion about this post