झापा, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।
पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएकी हुन् ।
उनले भनिन् – ‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ । यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याइने छ ।`
सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको ताेडफाेड र आगजनी लज्जास्पद भएको उनकाे भनाई छ ।




Discussion about this post