झापा, ३० भदौ । नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतवार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।
अर्यालले गृहसहित कानून, घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
शपथ कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत लगायत सहभागी रहेका थिए ।




Discussion about this post