३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

नगरप्रहरीले हात जोडेर विन्ती विसाएपछि केहि भवनहरु जोगिए

अशोज १, २०८२, ९:३४ .बुधबार
0
0
0
SHARES
126
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ असोज । नगर प्रहरीले हात जोडेर विन्ती विसाएपछि जेनजीका प्रदर्शनकारीले मेचीनगरको स्वास्थ्य, कृषि, नगरसभा हल र दमकल क्षति हुनबाट जोगियो ।

जेनजीको भदौ २४ गतेको आन्दोलनमा नगरपालिकाको मुख्य कार्यालय रहेको भवनमा तोडफोड र आगजनी भएपनि अन्य भवनहरू जोगिएको थियो ।

दिउँसो करिव १ वजे धुलाबारी र काँकरभिट्टा बजारबाट जुलुस गर्दै नगरपालिका आएका आन्दोलनकारीलाई गेटभित्र पस्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरीले रोकेको थियो ।

गेटमा रोकेपछि आन्दोलनकारीले सुरक्षाकर्मीहरूलाई ढुंगामुडा गर्न थाले । ढुंगा मुढा बर्सिन थालेपछि प्रहरीले पटक–पटक गरेर दस राउण्ड अश्रुग्यास प्रहार गर्याे । त्यसपछि आन्दोलनकारी तितर वतर भए । ढुंगाले लागेर एक जना प्रहरी घाइते भएका थिए ।

त्यहाँबाट आन्दोलनकारी धुलाबारीतिर लागे । धुलाबारीमा सांसद विश्वप्रकाश शर्मा, नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, ९ र १० नम्बर वडा कार्यालय तोडफोड र आगजनी गरे ।

त्यतिखेर सम्ममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आफू सुरक्षित हुन र कार्यालय फर्किन माथिबाट निर्देशन आएपछि सबै प्रहरी सरकारी कार्यालयहरूबाट व्याक भएका थिए ।

सुरक्षाकर्मी व्याक भएपछि आन्दोलनकारी फेरि नगरपालिका आएर कार्यालयमा नेपालको झण्डा राखेर अनि सुरू गरे वितण्डा ।

मुख्य भवनको राजश्व शाखा, नगरप्रमुखको कार्यकक्ष लगायतका कोठामा तोडफोड र आगजनीले पूर्णरूपमा ध्वस्त भएको थियो । अन्य शाखाका कोठाहरूका ससिा र सामानहरू सबै तोडफोड भएको थियो ।

आन्दोलनकारीले नगरपालिकाको पश्चिमतर्फ रहेको नगरसभा भवनको सिसा, जेसीवी, नगरप्रहरी चढ्ने गाडी र टिपरका सिसाहरू फुटाईदिएका थिए । उपप्रमुख चढ्ने गाडी समेत जलाएका थिए ।

उत्तरतिर रहेको स्वास्थ्य शाखा, कृषि शाखाको भवन र दमकल भने जोगिएको थियो । नगरप्रहरीले आन्दोलनकारीलाई हात जोडेर विन्ती विसाएपछि ती शाखाका भवन जोगिएको थियो ।

नगर प्रहरी प्रकाश बानियाँका अनुसार पहिलो चोटी आन्दोलनकारी आउँदा समस्या भएन, पछि फेरि आएर तोडफोड र आगजनी गर्न थालेपछि हामीलाई धेरै त्रास भएको थियो । तर, पनि हामीले सकेसम्म सम्झाउने प्रयास गर्याे ।

तपाईं हाम्रै सम्पति हो, हाम्रै करबाट बनिएको हो, नगरवासी विरामी पर्दा यहीँबाट औँषधि लानु पर्छ, काहीँ आगलागी भयो भने दमकल चाहिँन्छ, किसानका समानहरू छन् भनेर हात जोडेर हार गुहार गरेपछि स्वास्थ्य, कृषि, सभाहलको भवन र दमकल जोगाउँन सकिएको बानियाँको दावी छ ।

पछिल्लो समय नगरप्रहरीलाई कार्यालयले गाडी दिएपछि काममा केही सहज भएको नगरप्रहरीका इन्चार्ज श्याम गिरीले बताए । तर, आन्दोलनकारीले त्यो गाडीमा पनि तोडफोड गरेर सिसा फुटाइदिएको बताए ।

उनका अनुसार आन्दोलनका बेला हामीले केही भवन हात जोडेर जोगाएकँै हो, आँखा अगाडि दनदनी जलेको कार्यालयको भवनमा दमकलबाट पानी समेत हाल्न पाइएन । दमकलबाट पानी हालेको थाहा पाए काटिदिन्छौ भनेर आन्दोलनकारीहरूले धम्की दिएपछि हामी चुप लागेर बस्नुको विकल्प थिएन ।

नगरप्रमुख, उपप्रमुख, विरिष्ठ प्रशासकीय अधिकृत, सांसदहरू, नेताहरूको घर, वडा कार्यालयहरू जल्दा समेत दमकल प्रयोग गर्न नपाएकोमा दुःख लागेको इन्चार्ज गिरीको भनाई छ ।

अहिले नगरपालिका, वडा कार्यालयहरूको तोडफोड र आगजनी भएका भवन, सामनहरूको मुचुल्का र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

सबै वडा, नगरपालिका कार्यालयको क्षतिको विवरण र सरसफाइ भएपछि नगरप्रमुखसँग सल्लाह गरेर चाँडै कार्यालय सञ्चालनमा ल्याइने उनले बताए ।

सोमबार नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरू नगरपालिका आएर जनतालाई कसरी छिटो सेवा प्रवाह गर्न सकिन्छ भनेर छलफल गरेका थिए ।

पछिल्लो समाचार

आज शाेक विदा

अघिल्लो समाचार

अत्यावश्यक सेवा सूचारु र महंगी रोक्न जागरण अभियानको माग

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.