झापा, १२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ पार्टी खोलेका छन् ।
निर्वाचन आयोगमा आइतबार उनले नयाँ दलको निवेदन दर्ता गरेका हुन् । पार्टीको नाम ‘राष्ट्रिय संस्कृति पार्टी’ रहेको छ ।
आगामी फागुन २१ गतेको संसदीय चुनावमा उनले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)सँग मिलेर दल खोल्ने चाहना राख्नु भएको थियो । तर, जेनजी आन्दोलनपछि सरकार गठनका विषयमा दुबैबीच सहमति हुन सकेन । त्यसैले उनले एक्लै नयाँ पार्टी दर्ता गरेका छन् ।




Discussion about this post