झापा, १३ असोज । एकका लागि एक अभियानले इलाका प्रहरी कार्यालय दमकलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।
सोमवार अभियानले प्रहरी कार्यालयमै पुगेर दुई लाख रुपैयाँ बाराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
अभियानले २० थान खाट, दुई सेट कम्प्युटर, एक सेट प्रिन्टर, २५ थान झुलसहित दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री प्रदान गरेको छ ।
एकका लागि एक अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सदस्यहरु नवीन गट्टानी, हेम खड्का, एकराज गिरी, राजेन्द्र चौलागाईं, बिनोद पाण्डेले इलाका प्रहरी कार्यालय र ट्राफिक कार्यालय दमकको पुनर्निर्माण समितिका तर्फबाट गोपाल गुरागाईं, डीएसपी राम तिम्सिना, खोम बगाले, प्रेम कोइराला, चुडामणि ओझा, रोशन गौतम, याम श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
एकका लागि एक अभियानले यसअघि बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय अनारमनीलाई ५ लाख नगदसहित एक लाख मूल्य बराबरको सामाग्री हस्तान्तरण गरेको थियो । त्यस्तै कनकाई नगरपालिका स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गालाई पनि दुई लाख रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको थियो ।
अभियानले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको बिर्तामोड, सुरुङ्गा र दमक प्रहरी कार्यालयलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । सोही अनुरुप रकम र अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको अभियानका संयोजक गिरीले बताए ।




Discussion about this post