२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाढीको जोखिम : महत्वपूर्ण सामान पोको पारेर राख्न प्रशासनको अनुरोध

अशोज १८, २०८२, ७:०० .शनिबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

झापा, १८ असोज । जिल्ला प्रशासन कार्यालय झापाले आजदेखि तीन दिनसम्म ठुलो पानी पर्ने भएकाले बाढीको जोखिममा रहेका नागरिकलाई औषधि, कपडा, लालपूर्जा, नागरिकता, नगद, गरगहना लगायतका बहुमुल्य वस्तु पोको पारेर तयारी राख्न अनुरोध गरेको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय झापाले यही असोज १८, १९ र २० गतेसम्म कोशी प्रदेश लगायत देशभर ठुलो पानी पर्ने जल तथा मौसम विभागको पूर्वानुमानको हवाला दिएर नागरिकलाई लामो दुरीको यात्रा नगर्न, मेची, विरिङ, कनकाई लगायतका खोला किनारमा रहेका घर परिवारलाई आफुले प्रयोग गर्ने औषधि, कपडा, लालपूर्जा, नागरिकता, नगद, गरगहना लगायतका बहुमुल्य वस्तुहरु हिड्न सक्ने गरी पोको पारेर तयारी राख्न अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको हस्ताक्षर रहेको सूचनामा झापाबाट काठमाडौँ जाने सडकहरु भत्किएका, जोखिममा रहेका र रात्रिकालिन यातायात बन्द रहेको छ । बाढीको जोखिमका घरपरिवारलाई वडा कार्यालयले तोकेको स्थानमा सुरक्षितका लागि तयारी रहन, उद्वारका लागि सबै सरोकारवाला निकायलाई विद्यालय, सामुदायिक भवन सरसफाइ गर्न र विपदमा सहयोग गर्न उद्योगी, व्यवसायी लगायत संघ–संस्थालाई आग्रह गरिएको छ ।

लामो दुरीको यात्रा ३ दिनलाई बन्द

सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन तीन दिनसम्म रोक लगाएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन तीन दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रिने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।

तमोर नदी नजिकै गाडी खस्यो

पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा परेको छ । प्रत्यक्षदर्शीका अनुसार, कार्तिके नजिक आज बिहान एक गाडी खसेको छ ।
स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन् । दुर्घटना स्थल नदी नजिक भएकाले जोखिम उच्च रहेको प्रत्यक्षदर्शी सागर ढकालले बताए ।

‘हामी यहीँ छौँ । भर्खर त्यो घटनास्थलमै उद्धारको लागि पुग्ने प्रयास गरिरहेका छौँ । सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरू छिटो भन्दा छिटो पठाइदिनुस,’ ढकालले भने ।

प्रत्यक्षदर्शीका अनुसार, दुर्घटनामा ठूलो संखयामा मानवीय क्षति भएको हुनसक्ने आँकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै अहिले टोली परिचालन भएको जानकारी दिएको छ ।

पछिल्लो समाचार

प्रहरी कार्यालय पुनःनिर्माणमा ‘एकका लागि एक अभियान’को सहयोग

अघिल्लो समाचार

वर्षाका कारण भाेलि र पर्सि सार्वजनिक बिदा

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.