झापा, १८ असाेज । देशभर वर्षाका कारण बाढी पहिराेले समस्या भएपछि सरकारले आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव आनन्द काफ्लेले देशभरी भारी बर्षा भइरहेको र दशैं मनाउन कर्मचारीदेखि सबै सरोकारवाला व्यक्ति घरमा रोकिएका कारण दुईदिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
गृह मन्त्रालयले आइतबार र सोमबार बिदा दिएको सूचना मन्त्रालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको छ ।




Discussion about this post