मेचीनगर, १८ असाेज ।
बाह्रदशी गाउँपालिका-४ स्थित घाग्रा खाेला तर्ने क्रममा डुवेर एक जना वृद्वकाे मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज विहान ९:३० वजे साेही वडाकाे मुन्सी कामत टाेल वस्ने ६२ वर्षीय मंगलसिंह मुर्मु घाग्रा खाेला तर्ने क्रममा डुवेर मृत्यु भएको हाे ।
खाेला तर्ने क्रममा मुर्मुकाे खुट्टा चिप्ली डुवीरहेकाे स्थानीय देखेर घरतिर लैजाँदा मृत्यु भएको प्रहरीकाे भनाई छ ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको टोलीले मृतकको लास प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि लगेकाे थियाे ।
पाेष्टमार्टमपछि मृतकका छोरा श्याम मुर्मुले जिम्मा बुझेर लगेको प्रहरीले बताएको छ ।
लगातारकाे वर्षाका कारण झापाका खाेलाहरूमा बाढीले जाेखिम भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले आज सूचना जारी गरेर तीन दिनसम्म सचेत र सजग रहन सबैलाई आग्रह गरेकाे छ ।




Discussion about this post