मेचीनगर, १९ असाेज । शनिबार राति आएको बाढीले झापाका पच्चिस हजार २३१ घरका परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ५ हजार ४८१ घरका २५ हजार २३१ जना परिवार बाढीका कारण विस्थापित भएका हुन् ।
शिवसताक्षी, अर्जुनधारा, भद्रपुर नगरपालिका, गाैरीगंज र झापा गाउँपालिकाका उक्त संख्याका परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
उनीहरू नजिकैकाे विद्यालय र आफन्तकाेमा शरण लिएका छन् ।
एक जनाकाे मृत्यु
यसैगरी आइतबार विहान ११:५० कनकाई-४ कोटीहोम स्थित कनकाई माई खोलाकोबिच भागको डिलमा अन्दाजी ६५ वर्षका पहाडी मुलकको जस्तो देखिने तत्काल नामथर नखुलेको एक जना पुरुष व्यक्ति घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीकाे भनाई छ ।
अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा टोली खटिएकाे छ ।
बाहुनडाँगीमा हात्तीको छावा फेला
यस्तै बाहुनडाँगीमा हात्तीकाे छावा खाेलाले बगाएर ल्याएपछि स्थानीयले समातेर डिभिजन वन कार्यालय झापालाई बुझाएका छन् ।
सडक अवरूद्व
यसैगरी काँकरभिट्टा स्थित कालीखाेलामा निर्माणाधीन एशियन हाइवेकाे सडक भत्किएपछि बाटाे अवरूद्व भएको थियाे । सडक छेउकाे बगानबाट साना गाडीहरू काँकरभिट्टा आउन- जान थालेका छन् ।
त्यस्तै शिवसताक्षीमा पनि एशियन हाइवे सडककाे डाइभर्सन भत्किएर यातायाता सूचारू हुन सकेकाे छैन ।




Discussion about this post