झापा, २६ असोज । नेपालले यूएईसँगको खेलमा १ रनले जित हासिल गरेको छ ।
आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत आज भएको खेलमा यूएईलाई एक रनले नेपाल विजेता बनेकाे हाे ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएकाे थियाे ।
यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।
आसिफले ४७ बलमा ५१ रन, कुशल भुर्तेलले २८ रन र कप्तान रोहित पौडेले २० रन बनाए ।
यस्तै गुल्सन झाले ५ बलमा १४ रन बनाएर आउट भएका थिए ।
सुरुवाती चरणकाे १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल गर्न सकेकाे थिएन ।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिएका थिए ।




Discussion about this post