मेचीनगर, ३० असोज । मेचीनगर–१५ स्थित निलकोठीका सन्तोष लिम्बुले घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागि मृत्यु भएको छ ।
विहबिार दिउँसो साढे २ वजे घर नजिकैको कुलोमा माछा मार्ने क्रममा ४२ वर्षीय लिम्बुलाई एक्कासी आफैलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करेन्ट लागि बेहोस भएका लिम्बुलाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पठाएकोमा अस्पताल पुग्न साथ ३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।




Discussion about this post