झापा, २ कात्तिक । आज काग तिहार ।
आज कागलाई यमराजको दूतका रूपमा मीठा खानेकुरा दिएर मनाईंदैछ ।
कागलाई संदेशबाहकका रूपमा लिइन्छ । यस वर्षको यमपञ्चक शनिबारदेखि शुरु भएको छ ।
हिजो द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आइतवारलाई यो पर्व मनाउनु पर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिए ।
भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि भोलि नै परेको हो ।
त्यस्तै ४ गते मंगलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।
गाईगोरु एवम् गोवर्द्धन पूजा कात्तिक ५ गते बुधवार परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ यसै दिन परेको छ ।
कात्तिक ६ गते बिहीवार भाइटीका मनाइनेछ । भाइटीकाको शुभ साइत विहान ११:३९ वजे रहेको छ ।




Discussion about this post