मेचीनगर, २ कात्तिक । कचनकवल गाउँपालिकामा पनि करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर एक जना पुरूषकाे मृत्यु भएको छ ।
कचनकवल-२ का ४९ वर्षीय लोकबहादुर गाईने साृही ठाउँकाे अमलखुट्टा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
आज १:१० वजे भएको उक्त घटनाकाे छानविन भइरहेको प्रहरीकाे भनाई छ ।
केहि दिनअघि मेचीनगर-१५ मा पनि एक जना व्यक्तिले स्थानीय खाेलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर मृत्यु भएको थियाे ।




Discussion about this post