२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २४ कात्तिक । झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल  क्लबलाई १-० ले पराजित गर्दै उपाधि उचालेको हो । खेलको सुरुवातमै दुवै टोली आक्रमक लयमा मैदान उत्रिएका थिए ।

खेलको तेस्रो मिनेटमा पुलिसकी पूजा रानाले पेनाल्टी बक्स बाहिरबाट दिएको सटिक क्रसमा मिना देउवाले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन् ।

पाँचौँ मिनेटमा एपिएफले पनि गोलको अवसर बनाएको थियो तर कप्तान अनिता बस्नेतको क्रसमा निशा थोकरले गरेको प्रहार पोस्टमाथि जान पुग्यो ।

२० औँ मिनेटमा पुलिसकी रेखा पौडेलले एपिएफका दुई डिफेन्डरलाई बिट गर्दै गरेको सट अञ्जनाले बचाइन् । तर, २२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो ।

रेखाले पेनाल्टी बक्सभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिना देउवाको सामु पुग्यो ।

मीनाले गोलकिपरलाई कुनै मौका नदिई बल जालीभित्र पठाउँदै पुलिसलाई १-० को अग्रता दिलाइन् ।

३३ औँ मिनेटमा एपिएफकी कप्तान अनिताले बराबरीको सुनौलो मौका गुमाइन् ।

अनिता केसीले दिएको भलि क्रसमा उनले नजिकैबाट गरेको सट पोस्टको दिशा समात्न सकिनन् ।

त्यसपछि ३८ औँ मिनेटमा सविता रानालाई लडाइएपछि एपिएफले फ्रिकिक पायो तर कप्तान अनिता बस्नेतको सट पुलिसकी गोलकिपर उषा नाथले बचाइन् ।

पहिलो हाफको अन्तिम मिनेटमा रेखा पौडेलको सट पोस्टको छेउबाट बाहिरियो । मीना देउवाले सेन्टर एरियाबाट तीन खेलाडीलाई बिट गर्दै रेखालाई पास दिएकी थिइन् ।

दोस्रो हाफमा पनि खेल बराबरीको गतिमा अघि बढ्यो । ६२ औँ मिनेटमा रेखा पौडेलको आक्रमक रन रोक्ने क्रममा एपिएफकी डिफेन्डर मनमाया दमाईले फाउल गरेपछि पहेँलो कार्ड पाउँदा पुलिसले फ्रिकिकको अवसर पायो ।

कप्तान अमृता जैशीले फ्रिकिकबाट गोलको प्रयास गरेकी थिइन् तर बल पोस्टबाट बाहिरियो । ८४ औँ मिनेटमा एपिएफले बराबरीको अर्को मौका गुमायो ।

रश्मि घिसिङले पेनाल्टी बक्स बाहिरबाट रेनुका नगरकोटीलाई पास दिएकी थिइन् तर रेनुकाको प्रहार गोलपोस्ट नजिकबाट बहिरियो ।

८९ औँ मिनेटमा पनि रश्मिको आक्रमक सटलाई पुलिसकी गोलकिपर उषा नाथले बचाइन् । अन्ततः खेलको २२ औँ मिनेटमा मीना देउवाले गरेकी गोल नै पुलिसको जितको आधार बन्यो ।

नेपाल पुलिस क्लबले १-० को जितसहित उपाधि हात पार्दै ऐतिहासिक सफलता हाँसिल गर्याे ।

उपाधिसँगै पुलिसले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी पायो । उपविजेतामा सीमित एपिएफले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो ।

फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मीना देउवाले हात पारिन् ।

उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।

प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन् । अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदयमान खेलाडी जेनिफर राना मगर (आर्मी) बने ।

सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।  पुलिसकी कप्तान अमृता जैशीको नेतृत्वमा विभागीय टोलीले बलियो रक्षा र तीव्र आक्रमणको प्रदर्शन गर्दै एपिएफलाई दबाबमा राख्यो ।

खेलभर मीना देउवाको सक्रियता, रेखाको आक्रमक मुड र उषा नाथको बचाउले पुलिसको जित सुनिश्चित गर्याे ।

विजेता र उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डे लगायतले वितरण गरेका थिए ।

विजेताले १० लाख दस हजार उपविजेताले ५ लाख नगद राशि प्राप्त गरेकाे छ ।

पछिल्लो समाचार

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

अघिल्लो समाचार

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.