मेचीनगर, २४ कात्तिक । नेकपा एमालेले मंगलबार मेचीनगरमा शक्ति प्रदर्शन गर्दैछ ।
जेनजी आन्दोलनपछि बनेकाे असंवैधानिक सरकार संसद पुनर्स्थापनाका लागि जनदवाव सिर्जना गर्न माेटरसाइकल र्याली गर्न लागेकाे हाे ।
एमाले मेचीनगरले साेमबार धुलाबारी स्थित निम्ताे हाेटलमा पत्रकार सम्मेलन गरेर साे कुरा जानकारी गराएकाे छ ।
पार्टीका नगर अध्यक्ष राजु कार्कीले संघीय लाेकतान्त्रिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र संसद पुनर्स्थापनाका लागि माेटरसाइकल र्याली गर्न लागिएको बताए ।
पुनर्स्थापना नभए जेनजीहरूले उठाएका मागहरू सम्बाेधन नहुने भएकाले पनि जन दवाव आबश्यक रहेकाे कार्कीकाे दावी छ ।
२ हजार बढी सहभागी हुने माेटरसाइकल र्याली धुलाबारीदेखि हाेलीबेल स्कुल अगाडिको सडक, धाइजन ढाड, माथ्लाे धाइजन, ऋतिका डेरी उद्योगकाे बाटाे हुँदै चारआली चाेक सम्म हुनेछ ।
भाेलि एमालेले जन दवावका लागि देशभरि माेटरसाइकल र्याली आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।
यसअघि पार्टीले वडा भेला र वडा सभाहरू सम्पन्न गरिसकेकाे छ भने यहि २९ गते बिर्तामोडमा जनसभा कार्यक्रम राखेकाे छ ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एवम मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पाेखरेल उप्रेती, केन्द्रीय सल्लाहकार विष्णु प्रसाईं, हरिचरण बानियाँ, भिम खवास, मेचीनगर इन्चार्ज देवकुमार राई, राष्ट्रिय युवा संघ नेपालका जेनजीहरू, जनप्रतिनिधि तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्कीकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनकाे स्वागत नगर उपाध्यक्ष एवम् मेचीनगर नगरपालिका-९ का वडाध्यक्ष कञ्चन तामाङले र सञ्चालन सचिव सागर ओलीले गरेका थिए ।




Discussion about this post