मेचीनगर, १५ वैशाख । झापा जिल्ला अदालतका श्रेस्तेदार डिल्ली प्रसाईले मेचीनगरका मेलमिलाप कर्ताहरुलाई कानुनी लगायतका विषयमा परामर्श दिएका छन् ।
मंगलबार मेचीनगर नगरपालिकाको न्यायिक समितिले नगरका १५ वटै वडाका ८१ जना मेलमिलाप कर्ताहरुलाई आयोजना गरेको कार्यक्रममा श्रेस्तेदार प्रसाईले प्रशिक्षण दिएका हुन् ।
सो कार्यक्रम मंगलबार, बुधबार र विहीबारसम्म सञ्चालन हुने छ । मेलमिलाप कर्ताहरुलाई श्रेस्तेदार प्रसाई, प्राकृतिक श्रोत द्वन्द रुपान्तरणकी श्रोत व्यक्ति संगिता थापा र नगरपालिकाकी लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले सचेतनामुलक प्रशिक्षण दिने छन् ।
आज पहिलो दिन श्रेस्तेदार प्रसाईले कानुनी सम्बन्धी समस्या र समाधानका विषयमा र श्रोत व्यक्ति थापाले मेलमिलाप सम्बनधी पुनःताजगी गराएका छन् ।
दोस्रो दिन लैङ्गिक हिंसा रोकथामका विषयमा प्रतिकार्य विज्ञ उप्रेतीले, श्रेस्तेदार प्रसाईले र श्रोत व्यक्ति थापाले सचेतना दिने छन् ।
यस्तै तेस्रो दिन समापनमा जग्गा नापजाँच सम्बन्धी नापी कार्यालय झापाका प्रतिनिधिले प्रशिषण दिने छन् ।
पुनःताजगी कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती लगायतको आतिथ्यता रहेको थियो ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले अध्यक्षतासहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
न्यायिक समिति सदस्य हरिनारायण न्यौपानेले स्वागत गरेको कार्यक्रमको सहजीकरण न्यायिक समिति सदस्य कुन्दन निरौलाले गरेका थिए ।
नगरका पन्ध्रै वटै वडाका सूचीकृत ८१ जना मेलमिलापकर्ताहरुलाई तीनदिने पुनःताजगी तथा जग्गा नापजाँच सम्बन्धी सचेतना दिइएको न्यायिक समितिकी अधिकृत छैटौँ इन्दिरा खरेलले जानकारी दिइन् ।




Discussion about this post