मेचीनगर, २३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम मात्र सिफारिस भएको छ ।
कांग्रेस झापा–१ क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले शर्माको एकल नाम सर्वसम्मत रूपमा सिफारिस भएको बताए ।
पार्टीले क्षेत्रीय समितिहरुलाई उमेद्वारको नाम सिफारिस गर्न देशभरी सर्कुलर गरेको थियो । सोही आधारमा क्षेत्रीय समितिले मंगलबार शर्माको एकल नाम सिफारिस गरेको थियो ।
शर्माको नाम जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुग्नेछ । बुढाथोकीका अनुसार शर्माको एकल नाम केन्द्रलाई सिफारिस गरेको जानकारी दिए । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि चुनाव हुँदै छ ।
झापा–१ का पूर्व सांसद समेत भइसकेका शर्मा २०७९ को संघिय प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
यसैगरी आजै बसेको क्षेत्रीय समितिको बैठकले समानुपातिकतर्फ गोमा भट्टराई, राम कट्टेल, नारायण गिरी, खड्गबहादुर धिमाल, शोभा नेम्बाङ र राधा कार्कीको नाम पनि सिफारिस गरेको छ ।




Discussion about this post