३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ मंसिर । इस्ट होराइजन स्कुलसहित मेचीनगरका सक्रिय सामाजिक संघ–संस्थाहरुको अगुवाईमा धुलाबारीमा लागूऔषध विरुद्धको अभियान सुरु गरिएको छ ।

मंगलबार होराइजनका विद्यार्थी, मेची उद्योग बाणिज्य संघ, रोटरी क्लब अफ मेचीनगर लगायतका सामाजिक संघ–संस्थाहरुको सहकार्यमा धुलाबारी चौकमा चारैतिरबाट व्यानर र र्यालीसहित विरुद्ध प्रदर्शन गरिएको हो ।

कानुनले विद्यालयको एक सय मिटर क्षेत्रभित्र सूर्तीजन्य तथा मादक पदार्थ खुलेआम विक्री वितरण गर्न नपाइने भनेको छ । तर, कानुन कार्यान्वयन ती वस्तुहरु खुलेआम रुपमा विक्री वितरण भइरहेको छ । जसले गर्दा विद्यार्थीहरु त्यसको सिकार हुन थालेका छन् ।

विद्यार्थी, अभिभावक, व्यापारीहरुलाई सचेत गराउने उदेश्यले इस्ट होराइजन माविको फ्यान क्लबले केहिदिन अघिदेखि नगरका सामाजिक संघ–संस्थाहरुसँग छलफल गरेर अभियान सुरुवात गरेको हो ।

विद्यार्थीलाई कुलतबाट बचाआौँ, जाँडरक्सी बेच्ने पाइँदैन लगायतका नारासहित विद्यार्थी र सामाजिक संघ–संस्थाहरुले धुलाबारी बजार सिरान, दक्षिणमा ज्यामिरगढी, पूर्वमा काँकरभिट्टा रोड र पश्चिममा चारआली रोड हुँदै टोल–टोलमा सचेतामूलक र्याली गरेका थियो ।

‘जिम्मेवार नागरिकको दायित्व, नाबालकलाई प्रतिबन्धित वस्तुहरु नबेच्ने प्रतिबद्धता’ लेखिएको स्टीकर धुलाबारी बजारभरी टाँसिएको छ ।
र्यालीपछि कोणसभामा मेचीनगर नगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारी, मेची उद्योग वाणिज्य संघ, धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, फ्यान क्लब मेचीनगर, रोटरी क्लब अफ मेचीनगर, रोट्रयाक मेचीनगर, सञ्जीवनी महिला समूह, इस्ट होराइजन पूर्व विद्यार्थी समाज, युथ अफ मेचीनगर, प्रेस क्लब मेचीनगर लगायतको वृहत सहभागिता रहेको थियो । उनीहरुले उक्त अभियानमा साझा ऐक्यबद्धता समेत व्यक्त गरेका थिए ।

कोणसभामा नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, मेचीनगर–१० का वडा सदस्य विशाल कार्की, असई विनिता शेर्पा, अग्रज पत्रकार मोहन काजी, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, महिला नेतृ रेणुका डाँगी, होराइजनका पूर्व विद्यार्थी समाजका अध्यक्ष भूमि पौडेल, रोटरी क्लब अफ मेचीनगर अध्यक्ष शर्मिला पाठक, सामाजिक अभियन्ताहरु जयराम दाहाल, प्रकाश खड्का, आयुष गुप्ता लगायतले सूर्तीजन्य तथा मादक पदार्थ र लागूऔषध विरुद्धको अभियानमा सबै मिलेर न्यूनिकरण गर्नु पर्नेमा जोड दिएका थिए ।

इस्ट होराइजन मावि फ्यान क्लबकी अध्यक्ष योगिता साहीको अध्यक्षतामा सम्पन्न कोणसभाको सञ्चालन सहसचिव निर्जला गौतमले गरेकी थिइन् ।

पछिल्लो समाचार

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

अघिल्लो समाचार

विद्यालयमा लैङ्गिक हिंसा रोक्न ‘पुरुष सञ्जाल’को तयारी

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.