बिर्तामोड, २३ मसिंर । अन्तराष्ट्रिय भ्रष्टाचार दिवसको अवसरमा भ्रष्टाचार विरुद्ध कलम चलाउने तीन जना पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
आज दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार इन्दू पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जिवी घिमिरेलाई पुरस्कृत गरेको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले उनीहरुलाई नगदसहित सम्मान गरेका थिए ।
महासंघले हेम–सरिता फाउण्डेसन अमेरिकासँगको सहकार्यमा भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवद्र्धनको क्षेत्रमा कमल चलाउने, पत्रकारितामार्फत सुशासनको लागि महत्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई हरेक बर्ष ५० हजार ५५५ रुपैयाँ राशीको पुरस्कार वितरण गर्दै आएको छ ।
सोही अनुरुप महासंघले यस बर्षको ५० हजार ५५५ रुपैयाँ राशीको पुरस्कारबाट चिरञ्जिवि घिमिरेलाई सम्मान गरेको छ । गत वर्ष २०८१ को पुरस्कारबाट पूर्वेली र भण्डारीलई जनही २५ हजार २२५ नगद राशीका दरले सम्मानित गरिएको छ ।
यसअघि सो पुरस्कारबाट राजबाबू शंकर पुरस्कृत भएका थिए । पुरस्कारका लागि ५ लाख ५ हजारको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजवाट प्रत्येक वर्ष महासंघले पुरस्कार वितरण गर्दै आएको छ ।
यसैगरी १६ दिने लैंङगिक हिंसा विरुद्ध कलम चलाउने जोस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई महासंघले जनही पाँच हजारका दरले सम्मान गरेको थियो ।
पुरस्कृतकाे सम्मान बाचन महासंघ झापाकी महिला उपाध्यक्ष विनिशा गाैतमले गरेकी थिइन् ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, काउन्सिलका मुख्य अधिकउत झविन्द्र भूसाल, नेपाल पत्रकार महासंघ काेशी प्रदेश अध्यक्ष भरत खड्का, मासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघ झापाका उपाध्यक्ष सुब्रत न्याैपानेले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।




Discussion about this post