काठमाडौं, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी अजम्बरी भएको बताएका छन् ।
शनिबार पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अजम्बरी रहेको दावी गरे ।
पार्टीलाई देशको निर्णायक शक्ति बनाउने संकल्पका साथअघि बढेको उनकाे भनाई छ ।
‘पुराना पार्टीहरू सकिए, पुराना नेताहरूको दिन गए र एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्न खोजिएको छ`, उनले भने – ´प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर उर्लिएको छ । म ढुक्कले भन्न सक्छु । लोकतन्त्र अजय छ । एमाले अजम्बरी छ ।`




Discussion about this post