३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समीक्षा गोष्ठी

मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए

पुस १४, २०८२, १२:४२ .सोमवार
0
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ पुस । मेचीनगर नगरपालिकामा साउन यता पाँच महिनामा ४६ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् ।

मेचीनगरमा क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सोमबार नगरपालिकाको सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा सो कुरा जानकारी गराएको हो ।

२०८२ साउनदेखि मंसिर महिना सम्ममा ४६ जना नयाँ क्षयरोगका विरामी पत्ता लागेको छ । २०८१÷८२ सालमा २१० विरामी पत्ता लागेको थियो । त्यसमध्ये ९४ प्रतिशत निको भए भने छ प्रतिशत अर्थात ६ जना क्षयरोगसँगै अन्य घातक रोग लागेका विरामीहरुको मृत्यु भएको शाखाले बताएको छ ।

शाखाकी प्रमुख सविता सापकोटाले क्यान्सर लगायतका अन्य घातक रोगहरु समेत भएका मृत्यु भएका ६ जनामा वडा नम्बर ८ का १ जना, १५ का २ जना, ११ का १ जना र १२ नम्बर वडाका २ जना रहेको जानकारी दिइन् ।

समीक्षा गोष्ठीमा जोखिमयुक्त क्षेत्र, त्यसको खोजी कार्य र अति विपन्न विरामी लगायतलाई पोसिलो खानेकुरा तिरणलाई निरन्तरता दिने छलफल भएको थियो ।

सापकोटाका अनुसार क्षयरोग रोगका प्रत्येक विरामीलाई वर्षेनी पोसिलो खानेकुरा प्याकेजमा दिने गरिएको छ । जसमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ ।

अघिल्लो वर्ष २२१ जना क्षयरोगका विरामीलाई पोसिलो खानेकुराको प्याकेज वितरण गरेको थियो । लगत संकलन गरिएका क्षयरोग रोगका विरामीलाई निगरानीमा राखेर उपचारमा फलोअप गरिरहेको पनि उनको भनाई छ ।

यसैगरी २०८०÷०८१ मा २०५ जना र २०७९÷०८० मा २०० जना क्षयरोगका विरामी भेटिएका थिए ।

एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा सो कुरा पत्ता लागेको हो । हाल मेचीनगर–२, ४, ७, १०, १२ र १५ नम्बर वडामा छाति एक्सरे परीक्षण भएको थियो ।

गत बैशाखमा मेचीनगरमा पहिलो पटक क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्नु पर्नेछ’, सापकोटाले भनिन्–‘४ वर्ष भइसक्यो । अब एक वर्षभित्र अभियान सफल बनाउने गरी काममा लागेका छौँ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न समीक्षा गोष्ठीमा नगरका क्षयरोगका फोकल पर्सन र इन्चार्जहरूको सहभागिता रहेको थियो । गोष्ठीको सहजीकरण स्वास्थ्य शाखा प्रमुख सापकोटाले गरेकी थिइन् ।

 

पछिल्लो समाचार

नेपाली कम्युनिष्ट पार्टी झापाकाे पनि नाम सिफारिस

अघिल्लो समाचार

नगर प्रहरीलाई विपद् व्यवस्थापनको तालिम दिँदै सशस्त्र प्रहरी

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.