२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

नगर प्रहरीलाई विपद् व्यवस्थापनको तालिम दिँदै सशस्त्र प्रहरी

पुस १५, २०८२, ३:३९ .मङ्लबार
0
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ पुस । मेचीनगरमा घट्न सक्ने सम्भावित विपद्हरुको समाधान र प्रभावकारी नियन्त्रण गर्नका लागि नगरप्रहरी र जनप्रतिनिधिहरुलाई तयारी गराइएको छ ।

विपद्मा आउन सक्ने हरेक प्रकारका समस्याहरुसँग जुध्न सशस्त्र प्रहरीले मेचीनगरका नगरप्रहरी र जनप्रतिनिधिहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएर तयारी गराइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाले मेचीनगर नगरपालिकाका ६ जना नगरप्रहरी, ९ जना बारुणयन्त्रका प्रहरी तथा कर्मचारी र १५ वटै वडाका एक÷एक जना वडा सदस्य गरी ३० जनालाई समुदाय विपद् स्वयंसेवक तालिम दिइरहेको नगर प्रहरीका इन्चार्ज श्याम गिरीले जानकारी दिए ।

नगरपालिकाको सभाहलमा शुक्रबारदेखि सुरु तालिम १८ दिनसम्म सञ्चालन हुनेछ । सशस्त्र प्रहरी बल झापाका डीएसपी एवम् प्रवक्ता रोहित घिमिरेको कमाण्डमा प्रहरी निरीक्षक सुजल भण्डारी र नायव निरीक्षक खेमराज कटुवालले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सशस्त्र प्रहरीको सहकार्यमा नगरपालिकाले बाढी, पहिरो, डुबान, आगलागी जस्ता विपद्का घटनाहरुको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय श्रोत तथा साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधिहरु र विपद्को समयमा आधुनिक उपकरणहरुको प्रयोगका बारेमा तालिम उपलब्ध गराइएको बताए ।

तालिममा घर, भवन, वनमा आगलागी हुँदा डोरीको सहायतबाट जिपलाइन, अपर रिभर्सक्रस,¥याप्लिङ्ग, विभिन्न गाँठो तथा नटहरु बनाउने तरिका, वाढी तथा डुबानमा रेस्क्युको दौरान इम्प्रोभिसेड ¥याफट बोट बनाउने तरिका, घाइते बिरामीलाई अस्पताल लैजान स्थानीय स्तरमा उपलब्ध हुने सामाग्रीबाट स्ट्रेचर बनाउने तरिका, घाइते विरामीको प्राथमिक उपचार लगायतका बारेमा जानकारी गराइएको थियो ।

विभिन्न खालका विपद्को प्रकोपलाई सहज तरिकाले समाधान गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले राष्ट्रियस्तरमा नै स्थानीयसँग जोडिएर नगरप्रहरी, रेडक्रसका प्रतिनिधि, जनप्रतिनिधिहरुलाई समुदायमा तालिमहरु दिने गरेको छ ।

तालिममा सहभागी नगरप्रहरी प्रकाश बानियाँले मेचीनगर विपदको उच्च जोखिममा रहेकाले विपद न्युनिकरणसँगै विपदपछि हुन सक्ने सम्भावित जोखिममा पर्ने नागरिकहरुको खोज तथा उद्धारका लागि आयोजना गरिएको तालिम महत्वपूर्ण र फलदायी हुने बताए ।

प्रत्येक दिन विहान नेपाल प्रहरीका भूतपूर्व हवलदार नगरप्रहरी मेदनी शिवाकोटीले पिटीपरेड गराउने गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा पनि नगरप्रहरीको आग्रहमा नगरपालिकाको केहि भवनहरु जोगिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं.१ वराह वाहिनीका वाहिनिपति सशस्त्र प्रहरी नायव महानिरिक्षक (डीआईजी) कुमार न्यौपानेले विपद्जन्य घटनाहरुमा तत्काल प्रथम प्रतिकार्य, खोज तथा उद्धार गर्न समुदायको क्षमतालाई अभिवृद्धि गरी समुदायको सहभागिता सुनिश्चित गर्दै विपद्जन्य घटनावाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्य रहेको दावी गरे ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले यस तालिमबाट प्रशिक्षार्थीहरूलाई प्राप्त हुने सैद्धान्तिक र व्यवहारिक ज्ञानले आगामी दिनहरूमा हुनसक्ने विपद् प्रकोप उद्धारमा महत्वपूर्ण सहयोग हुने बताए ।

पछिल्लो समाचार

मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए

अघिल्लो समाचार

पत्रकारकाे फुटबल प्रतियोगिताकाे लोगो आयो

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.